४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कुलमान घिसिङलाई पुन: नियुक्ति गर्नु पर्ने भन्दै गाैरीगंजमा स्वस्फूर्त स्थानियद्वारा प्रदर्शन


३० भाद्र २०७७, मंगलबार  

0
Shares


गाैरीगंज ३०, भदाै / नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङकाे पुन: नियुक्तिका लागि यहाँका स्थानियहरूले प्रदर्शन गरेका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी र गाैरादह नगरपालिका वार्ड नं. ९ बैगुनधुराका स्थानीयहरूले मैनवत्ती बालेर  साझ   ६   बजे तुलाचन  चाैकमा प्रदर्शन गरेका हुन् ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङकाे नियुक्ति दोहोर्‍याउन सरकारसंग उनीहरूले माग गरेका हुन् ।

आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेपछि स्थानियहरूले स्वस्फूर्त पुनः नियुक्तिका लागि प्रदर्शनमा उत्रिएकाे स्थानिय समाजसेवी मिनप्रसाद खतिवडाले जानकारी गराएका छन् ।

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा  नियुक्ति गरेका थिए ।

 

 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १ : २१ बजे