१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घरमाथि बिजुलीकाे नाङ्गाे तार, पुरै वस्तीनै जाेखिममा


२८ भाद्र २०७७, आइतबार  

0
Shares

गौरादह २८, भदाैं /गौरादह नगरपालिका वडा नं -२ दहलु गाउँमा बिजुलीकाे नाङ्गाे तार घर माथि हुँदा स्थानीय बासिहरु जाेखमपूर्ण रुपमा बस्न बाध्य भएका छन्।

दहलु गाउँमा धेरै बर्ष अगाडि देखि बस्दै आएका सतार जातीकाे बाहुल्यता रहेकाे गाउँमा उनीहरुले बनाएकाे घरकाे सिधै माथि बिजुलीको चार फेस लाइनकाे तार रहेकाे छ।
घर भिट्टा मात्र भएकाले उनीहरु अन्य ठाउँमा सरेर बस्न सक्ने अवस्था छैन। विद्युत प्राधिकरणले सडक आसपासमा रहेका घरहरुमा विद्युत सुबिधा उपलब्ध गराउन घरहरुका आसपासमा खम्बा गाढेपछि समस्या आएकाे हाे। सडक साँघुरो हुँदा राखिएका बिधुतका खम्बा केही पछाडि सारिदा विजुलीका नाङ्गो तार घरमाथि परेका हुन्।

दहलु गाउँमा करिब ४ सय मिटर क्षेत्रमा २०/२५ वटा घरमाथि विद्युुतकाे नाङ्गो तार रहेकाे छ। गरिबीका रेखामुनि रहेका जन समुदायहरुकाे घरमा फुसाे छानाे रहेकाे छ। विद्युत ट्रान्सर्फमरमा कुनै प्रकारकाे गडबडी आएमा वा हावा हुरीका कारण बिधुतका खम्बा लडेमा गाउँ ध्वसत हुनुकाे साथै ठुलाे मात्रामा जनधनको क्षति हुने निश्चित  छ। 

बिधुतका कारण जनधनको क्षति हुनबाट जाेगाउन बिधुतका खम्बा र तार यथाशिघ्र सार्न जरुरी छ। फुसकाे छानाे भएका घर सालै पिच्छे छाउनु पर्ने भएकाले बिधुतकाे नाङ्गो तार छानाकाे नजिकै भएकाले ज्यान जाेगाएर घर छाउनु परेकाे स्थानीय सीताराम मर्डी बताउँछन्।

हावापानी आउँदा सुरक्षित हुनओत लाग्ने घरकाे माथि बिजुलीका तार भएकाले आफुहरु असुरक्षित भएकाे मर्डीले बताए। घरकाे धुरी नजिकै बिजुलीको तार हुनु, आसपासमा हरिया रुख समेत रहेकाले हावाहुरी चलेकाे समयमा घरभित्र बस्नपनि डरमर्दाे भएकाे स्थानीय राजु हेम्रमले बताए।बिजुलीका खम्बा र तार सारेर यश गाउँका मानिसकाे ज्यान जाेगाउन र जनधनको क्षति हुनबाट जाेगाउन स्थानीय सरकारकाे ध्यानजान जरुरी भएकाे हेम्रमले बताए।सडक साँघुरो हुँदा सडक छेउमा राखिएका बिजुलीका खम्बा सडक बिस्तार गरिदा सडका बिचमा परेका छन।गाउँ बस्तीमा राखिएका विद्युतका खम्बा र तार केही सडकका बिचमा परेका छन भने केही घरका छाना माथि तार परेका छन। सडकका बिचमा परेका बिधुतका खम्बा सडक भन्दा बाहिर नसार्दा दुर्घटनाको जाेखिम बढेकाे छ।घरकाे छानामाथि परेका बिधुतकाे तार नसार्दा जनधनको क्षति हुने थाहा हुँदाहुँदै पनि स्थानीय सरकार मौन छ। स्थानीय सरकारले सडकमा परेका विद्युतका खम्बा सार्ने र घरमाथि रहेका बिधुतका नाङ्गाे तार सार्ने काममा खासै चासाे देखाएको छैन। विद्युत सम्बन्धि समस्या भएका वडाहरुमा सम्बन्धित वडा कार्यलयले नगरपालिकामा जानकारी गराएपछि नगरकार्यपालिकाले समस्या समाधानका लागि पहल गर्ने गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले जानकारी गराए। बिगत आर्थिक बर्षमा बिजुलीका पाेल सार्न नगरपालिकाले केही रकम बिनियाेजन गरेपनि बिधुत प्राधिकरणसँग समन्वय हुन नसक्दा काम अधुरै रहेकाे मेयर शाहले जानकारी गराए।

विद्युतका पाेल वा तारका कारण नागरिकको जनघनकाे क्षति हुने भएमा त्यसकाे समाधानका लागि वडा कार्यलयले नगरपालिकामा लिखित जानकारी गराएमा बिधुत प्राधिकरणसँग समन्वय गरी खम्बा सारिने मेयर शाहले बताए। नागरिकको ज्युधनको सुरक्षा र क्षतिकाे न्युनिकरण गर्न स्थानीय सरकार अग्रसर रहेकाे बताउदै मेयर शाहले नागरिकहरुले पनि आफुहरुलाई परेका समस्या निर्धक्क साथ नगरपालिकामा आएर राख्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १ : ४६ बजे