३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

गाैरीगंज -६ काे कार्यालयलाई चिट्टीक बनाउन फुलकाे बिरुवा राेपियाे


२५ भदौ २०७७, बिहिबार  

0
Shares

गाैरीगंज २५, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का जनप्रतिनिधि तथा कर्मचारीहरूले विभिन्न जातकाे फुलकाे बिरुवा राेपेका छन् ।
उनीहरू वार्ड नं. ६ काे प्राङ्गनमा धुपी, अशाेक, सितारा, गाेदावरी, रूद्राक्ष, कपुर, स्वामी गाेल्डेन धुपीलगायतका विरूवा राेपेका हुन् ।
वार्ड नं. ६ काे कार्यालय भवनकाे मुख्य प्रवेशद्वारदेखि कार्यालय भवनसम्म टायल अाेछ्याई त्यसकाे दुवै छेउ फुलकाे बिरुवा र प्राङ्गनमा विभिन्न जातकाे फुलकाे विरूवाले कार्यालयकाे सुन्दरता बढ्नुका साथै कार्यालय वरिपरिकाे वातावरण पनि मनमाेहक हुने वार्ड नं. ६ कि वार्ड सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारीले बताईन् । फुलकाे बगैचाले कार्यालयकाे वातावरण पनि मनमाेहक हुने र कार्यालय पनि चिटिक्क देखिने हुदाँ फुलकाे बगैँचा लगाईएकाे हाे कार्यपालिका सदस्य अधिकारीले भनिन् – त्यसले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीचकाे सम्बन्ध फुलकाे वास्नाले अझ गाढा बढाउने छ ।’
वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वार्ड सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, वार्ड सदस्य उदिम कुमार राई, मुकेश कुमार साह, रमकुमारी विक, वडा सचिव सुमन रेग्मी, कर्मचारी सजम लाल राजवंशीलगायतले फुलकाे बिरुवा राेपेका थिए ।

 

 

 

 

 

 

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ७ : ४८ बजे