१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा आज थप २ जनासहित झापामा १६ जना काेराेना संक्रमित


२३ भाद्र २०७७, मंगलबार  

0
Shares

गाैरीगंज २३, भदाै / गाैरीगंज गाउँपालिकामा अाज थप २ जनामा काेराेना पाेजिटिभ पुष्टि भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ का १९ बर्षिय पुरूष र ४० बर्षिया महिलामा काेराेना पाेजिटिभ पुष्टि भएकाे हाे ।
गाैरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रका जाेगवनी नाका र काँकरभिट्टा नाकाबाट घर अाउने क्रममा उनीहरूलाई गाैरीगंज बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा राखिएकाे थियाे । उनीहरू दुवै जनालाई भद्रपुर अाईसाेलेसनमा लान तयारी भईरहेकाे जनाईएकाे छ ।

त्यसैगरी मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरी ३८ जनामा कोरोना भेटिएको छ। 

 

 

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १२ : ०६ बजे