३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ सहित १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार, सर्वाेत्कृष्ट कर्मचारी काेही भेट्टाएन


२२ भाद्र २०७७, सोमबार  

0
Shares

 

झापाको कमल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ

काठमाडौ २२, भदाै / निजामती सेवा दिवसको अवसरमा सरकारले १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारले पुरस्कृत गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।

उनी काठमाडौमा आएपछि सेवा प्रवाह सुधारमा उल्लेख्य भुमिका खेलेका थिए । त्यसैगरि झापाको कमल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठलाई पनि १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । श्रेष्ठले पनि कमल गाउपालिकामा उल्लेखनीय सुधारका कार्यहरु थालेका छन् साथै स्थानीय तहमा सुशासन र विकासका कार्यक्रम सञ्चालन गर्न श्रेष्ठले प्रभावकारी भुमिका निर्वाह गर्दै आइरहेका छन् ।

यसैगरि १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनुहुने अन्य अधिकारीहरुमा सु्शाील कुमार लम्साल, मान बहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरत कुमारबम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धन बहादुर लामा रहेका छन् ।

यस्तै ५० हजारको निजामती सेवा पुरस्कार पाउनेहरुमा रघुराम विष्ट,कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र ,बावुराम अधिकारी रहेका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य रहेका छन् ।

तर सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो ।

सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्छ ।

 

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ३ : ४९ बजे