गाैरीगंज२१, भदाै /ईलाका प्रशासन कार्यालय गौरीगंजमा धनन्जय शाहले कार्यलय प्रमुखकाे जिम्मेवारी समालेका छन्। ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख राजु दाहालकाे गौरीगंज गाउँपालिकामा प्रमुख प्रशासकीय अघिकृत पदमा सरुवा भएर गएपछि धनन्जय शाह ईलाका प्रशासन कार्यलय गौरीगंजमा सरुवा भई आएका हुन्।
झापाकाे दक्षिण पश्चिम क्षेत्रमा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले गौरीगंजमा स्थापना गरिएकाे ईलाका प्रशासन कार्यालयमा आइतबारदेखि धनन्ञ्य शाहले कार्यलय प्रमुखकाे जिम्मेवारी सम्हालेका छन्। ईलाका प्रशासन कार्यलय गौरीगंजमा कार्यभार समालेका शाहलाई गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ सहित गौरीगंज बासिले भब्य स्वागत गरेका छन।
कार्यलयमा स्वागत गर्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंजमा स्थायी बसाेबास भएका धनन्जय शाह आफ्नै ठाउँमा कार्यलय प्रमुखकाे रुपमा देख्न पाउँदा हर्षले सिमा नाघेकाे बताए। धन्यवाद ब्याक्त गर्दै अध्यक्ष श्रेष्ठले सफल कार्यकालकाे शुभकामना ब्याक्त गरे।
ईलाका प्रशासन कार्यलय गौरीगंजमा गौरीगंज बासिलेनै कार्यलय प्रमुखकाे जिम्मेवारी समालेकाले दक्षिणी क्षेत्रका नागरिकहरुले थप छिटाे,छरिताे र सहज रुपमा सेवा पाइने बिस्वास रहेकाे स्थानीय बासि बताउँछन्।गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा स्थायी घर भएका शाह सम्पति शुद्विकरण अनुसन्धान विभाग पुल्चाेकमा कार्यरत थिए। यश अघि सुचना तथा संचार मंत्रालय, राष्ट्रिय याेजना आयाेग, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झापाकाे बुद्वशान्ति गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा जिम्मेवारी समालिसकेका छन्।
शाहले अमेरिका, चीन, काेरिया र भारतबाट सुचना तथा संचार प्रविधि अन्तर्गत स्थानिय विकास सीप सम्वन्धि तालिम लिई अनुभव समेत लिईसकेका छन् ।उनले दक्षिण काेरियाबाट अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातकोत्तर उतिर्ण गरिसकेका छन्।