१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज – ५ मा निषेधाज्ञा, वार्ड नं. ५ बाहेक बजार ३ बजेसम्म खाेल्ने


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

 

 

 

 

गाैरीगंज १९, भदाै / झापाको गौरीगंजमा समुदायमा अर्का एक सन्क्रमित भेटिएका छ्न । वडा नम्बर ५ का एक पुरुषमा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । ४२ जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा एक जनाको पोजिटिभ रिपोर्ट आएको उनले बताए । गौरीगन्जमा एक पछि अर्को गर्दै समुदायमा कोरोना संक्रमण देखिन थालेको हो ।

गौरीगंज वडा नं. ५ को पुर्वमा सुइया खोला, पश्चिम धाधरा खोला, उत्तर सुकुम्वासी टोल र दक्षिण भारतको सीमासम्मको क्षेत्रमा अर्काे सुचना नअाउञ्नेलसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ । साथै वडा नं. ५ बाहेकका वडाहरुमा दिउसो ३ बजेसम्म बजार पसल खुल्ला रहने निर्णय गरिएकाे छ

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १२ : ५५ बजे