११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

बेपत्ता गोमनसिंह मृत अवस्थामा फेला, हत्या गरेकाे आशंका


१७ भाद्र २०७७, बुधबार  

0
Shares

 

 

 झापा १७, भदाै /  झापाको शिवसताक्षी नगरपालिका वडा नंं. ११ सताक्षीधाम जाने बाटोमा एक युवा मृत फेला परेका छन् ।

मृतक शिवसताक्षी मैनाचुलीका २८ बर्षीय गोमनसिंह मगर रहेको र उनी मंगलबारदेखि वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

हराइरहेका मगर आज (बुधबार )१० बजे मृत अवस्थामा फेला परेका छ्न । मृत अवस्थामा उनलाइ रतुवामाई वृक्षारोपणका वन रक्षकले देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । 

मगरको घाँटी तथा शरीरको विभिन्न भागमा चोट रहेको छ । घटनाको अवस्था हेर्दा मगरको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ३१ बजे