१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकमा मात्रै आज थप ९ जनामा संक्रमण


१६ भाद्र २०७७, मंगलबार  

0
Shares

गाैरीगंज १६, भदाै/ झापामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसिआर परिक्षणको रिपोर्ट अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा गरी १४ जना नयाँ संक्रमित थपिएका हुन ।
आज सबैभन्दा धेरै संक्रमित थपिएको पालिकामा दमक परेको छ । दमकमा आज ३ महिलासहित ९ जनामा संक्रमण देखिएको प्रदेश एकको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दमकपछि आज बाह्रदशीमा एक महिलासहित ४ जनामा संक्रमण देखिएको छ भने गौरीगञ्ज १ का एक पुरुषमा संक्रमण पुष्टिभएको छ । यससंगै झापामा कोरोना संक्रमितको संख्या ५९० पुगेको छ भने ४२९ जना उपचारपछि निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  २ : ३३ बजे