३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दमकमा भदाैं २० गतेसम्म लकडाउन लम्बियाे


१२ भाद्र २०७७, शुक्रबार  

0
Shares

 

 

दमक१२, भदौं /
दमक नगरपालिकामा जारी लकडाउन ७ दिन थपिएको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै यस अघि पनि सात दिन म्याद थपिएर भोली १३ गते सम्म कायम लकडाउनलाई बढाएर २० गते सम्म कायम राख्ने निर्णय गरेको हो ।
थपिएको लकडाउनलाई यस अघिको भन्दा थोरै खुकुलो बनाउने निर्णय भएको छ । यस अघि दुध पसललाई समेत बिहान दुई घण्टा मात्र खोल्द दिईएकोमा अब भने बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसल तथा ब्यवसाय खोल्न पाइने भएको छ । यस्तै दैनिक उपभोग्य समाग्री खरिद गर्न तोकिएको पसलमा गई सामाजिक दुरी कायम गर्दै सुरक्षाका उपाय अपनाई किनमेल गर्न पाइने तर भिडभाँड गर्न नपाइने बताईएको छ ।
औषधी पसलहरु खुल्लै रहने तथा अस्पतालहरुले अतिआवश्यक सेवाबाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । यस्तै दमक ६ मा रहेको नयाँ सब्जीबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । दैनिक उपभोग्य सामाग्री भने बिहान ६ बजे देखि ९ बजेसम्म ढुवानी गर्ने समय तोकिएको छ । २५ जना भन्दा बढी मलामी जान पाइने छैन ।
निषेधाज्ञाको अनुगमन गरि नियम उल्लघन गरेको पाईए कडा कारबाही गरिने दमक नगरपालिकाले आज बिज्ञप्ति जारी गरी जनाएको छ । 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १ : ५७ बजे