४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024


१२ भाद्र २०७७, शुक्रबार  

0
Shares

बिर्तामोड, भदौ १२ । झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको 

ज्ञापनपत्र बुझ्दै प्रशासकीय अधिकृत खतिवडाले तत्काल ठेकेदार कम्पनीसंग छलफल गरेर नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय र बलियो बनाउन जुट्ने आश्वासन दिए । अनारमनी स्वास्थ्य चौकीको हाताभित्र २५ बेडको बिर्तामोड नगर अस्पताल निर्माण सुरु भएको छ । बिर्तामोड नगरपालिकाको लगानीमा काठमाण्डौंको धुलिखेल निर्माण सेवा प्रा.लि.ले मूल्य अभिवृद्धि कर बाहेक ४ करोड ८० लाख ९५ हजार १८६ रुपैयाँमा नगर अस्पताल निर्माणको ठेक्का पाएको छ । गत असार ८ गते ठेक्का सम्झौता भएको अस्पताल भवनको काम ०७९ असार १ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १२ : ३० बजे