५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा पीसीआर रिपाेर्ट सबैकाे नेगेटिभ आएपछि गाउँपालिकाकाे बैठक केहिबेरमा बस्दै


११ भाद्र २०७७, बिहिबार  

0
Shares

गाैरीगंज ११, भदौ / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे रूबी डिपार्टमेन्टका सञ्चालक ३० बर्षिय पुरूष संक्रमितकाे सम्पर्कमा आएका सबैकाे पीसीआर रिपोर्ट आज नेगेटिभ आएकाे छ ।

ती पुरूषमा काेराेना संक्रमण भएकाे पुष्टि भएपछि कन्ट्याक्ट् ट्रेसिङ्गका आधारमा गाउँपालिकाले भदाै ५ गते समुदायस्तरमा ७४ जना र भदाै ८ गते दाेस्राे चरणमा १ सय ५५ जनाकाे स्वाव संकलन गरि पीसीआर परिक्षणका लागि धरान पठाएकाेमा सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

यसअघि पहिलो चरणमा उनको सँपर्कमाआएका ७४ जनाको रिपोर्ट हिजो आइसकेको छ । त्यसमध्ये एकजना ५४ वर्षिया महिलामा मात्र काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

त्यसैगरी भदौ ७ गते गौरीगंज गाउँपालिका वार्ड नं. १ महाभारामा संकलित ६२ जनाकाे पीसीआर रिपाेर्ट पनि नेगेटिभ आएकाे छ।

गाैरीगंज गाउँपालिकाले समुदायस्तरमा काेराेना संक्रमण पुष्टि भएपछि भदाै ५ गतेबाट गाैरीगंजकाे वार्ड नं. ३,४,५ र ६ निषेधाज्ञा जारी गरेकाे थियाे । 

गाैरीगंज गाउँपालिकाबाट संकलित स्वावकाे पीसीआर रिपाेर्ट सबैकाे नेगेटिभ आएपछि गाैरीगंज गाउँपालिकाकाे सीसीएमसीकाे बैठक बेलुका ५ बजे बस्दै छ । बैठकमा गाैरीगंजमा जारी गरिएकाे निषेधाज्ञा क्षेत्र खुलाउने र बजार विहान ७ बजेदेखि १२ बजेसम्म खुलाउने विषयमा छलफल हुने जनाईएकाे छ ।

आज भदाै १२ गते गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारीमा ९५ जनाकाे पीसीअार परिक्षणका लागि स्वाव संकलन गरिएकाे छ । उनीहरूकाे स्वाव परिक्षणका लागि विराटनगरस्थित प्रादेशिक काेराेना अस्पताल पठाईएकाे स्वास्थ्य प्रमुख मिश्रले बताए । त्यसैगरी भाेली भदाै १२ गते विहान गाैरीगंज गाउँपालिका वार्ड नं. ४ मा स्वाव संकलन गर्ने कार्य रहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  १० : ०७ बजे