५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापामा ३ जनासहित काेराेना संक्रमितकाे संख्या बढेकाे बढ्यै


८ भाद्र २०७७, सोमबार  

0
Shares

गाैरीगंज ८, भाद्र / झापामा आज कतार र भारत को आसाम र विहार बाट आएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित तीनै जना बाह्रदशी गाउँपालिकाका पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशीमा कोरोना संक्रमितको कुल संख्या २१ पुगेको छ भने १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ५ सय ९ पुगेको छ ।

जसमा भद्रपुरमा २८, मेचीनगर १ सय ४, बिर्तामोडमा १८, कनकाईमा १३, अर्जुनधारामा २२, दमकमा ६३, गौरादहमा १९, शिवसताक्षीमा ११, बुद्धशान्तिमा १७, हल्दिवारीमा १२, कचनकवलमा १ सय ३९, कमलमा ७, गौरीगञ्जमा २६ र झापाका ९ जना रहेको चौलागाईले बताउनुभयो ।

झापामा हालसम्म ३ सय ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : १६ बजे