४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजमा आज सुरक्षाकर्मीसहित थप १४९ जनाकाे स्वाव संकलन


८ भाद्र २०७७, सोमबार  

0
Shares

 

 

 

 

गाैरीगंज ८, भदाै / गाैरीगंज गाउँपालिकामा समुदाय स्तरमा कोरोनाकाे संक्रमण भेटिएकाे पुष्टि भएपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएका १४९ जनाकाे आज थप स्वाव संकलन गरिएकाे छ ।
संक्रमित व्यक्तिकाे कन्ट्याक्ट् ट्रेसिङ्गका आधारमा पहिचान भएका व्यक्ति र सशस्त्र सिमा सुरक्षा बल गाैरीगंजका १९ जना प्रहरीकाे पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएकाे हाे ।

यसअघि समुदायस्तरमा भदाै  ५ गते  ७४ जना र भदाैे ७ गते गाैैैैैैैरीगंज- १ मा ६२ जनाकाे स्वाव संकलन गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षिय पुरूषमा साउन ३ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

संक्रमित व्यक्ति गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे रूवी डिपार्टमेन्टका प्राेपाईटर हुन् । संक्रमित युवकलाई गाेठगाउँ स्थित पुर्वाञ्चल काेराेना अस्पतालकाे आईसाेलेसनमा राखिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । संक्रमित युवककाे स्वास्थ्य सुधाराेन्मुख रहेकाे स्वास्थ्य प्रमुख मिश्रले बताए ।

काेराेना संक्रमण समुदाय स्तरमा भेटिएपछि गाैरीगंज गाउँपालिकाले गाैरीगंज क्षेत्रमा भदाै ४ गतेदेखि अर्काे सुचना नअाउञ्जेलसम्म निषेधाज्ञा जारी गरेकाे छ ।
गाउँपालिकाकाे अर्काे सुचना नआउञ्जेलसम्मका लागि गाैरीगंज क्षेत्रकाे पुर्वमा किष्णे खाेला, पश्चिममा रतुवा खाेला, उत्तरमा गाैरादह नगरपालिकाकाे सिमाना, दक्षिणमा भारतकाे सिमानाकाे क्षेत्रभित्र आवतजावत, सार्वजनिक यातायात, कलकारखाना, पसल, बजार, वैंक वित्तिय संस्था पुर्णरूपमा बन्द राख्ने गाउँपालिकाले निर्णय गरेकाे छ । याेसंगै निषेधित क्षेत्रमा प्रवेश गर्न समेत राेक लगाईएकाे छ।
गाैरीगंज क्षेत्रमा निषेधाज्ञा जारी भएपछि चाैक तथा बजार क्षेत्र सुनसान छ । घरबाट काेही बाहिर निस्किएका छैनन् भने औषधि पसलबाहेक सबै ठप्प छ ।
अावतजावतमा कडाई गर्नुका साथै चाैक तथा बजार क्षेत्रमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएकाे छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : १६ बजे