१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा भाेलीदेखि भाद्र २२ गतेसम्म लकडाउन


७ भाद्र २०७७, आइतबार  

0
Shares

 

गाैरादह ७, भदाै / गाैरादह नगरपालिकामा आज थप विजुली अफिसका कर्मचारीसहित २ जनामा काेराेना संक्रमण पुष्टि भएपछि गाैरादहमा लकडाउन गर्ने निर्णय भएकाे छ ।

गाैरादह नगरपालिकामा संविधानसभा सदस्य दिपक कार्कीसहितकाे  सर्वपक्षिय आपतकालिन बैठकले गाैरादहमा भाेली भाद्र ८ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णाय भएकाे हाे । बैठकले अत्यावश्यक कार्यबाहेक विहान ६ देखि ९ बजेसम्म तरकारी र खाद्यान्न पसलमात्र खुल्ला राख्ने तथा वैंक वित्तिय संस्थाहरू विहान १० बजेदेखि १ बजेसम्म खुल्ला राख्ने निर्णय गरेकाे छ ।

गाैरादह नगरपालिकाका नगरप्रमुख राेहित कुमार साहकाे अध्यक्षतामा बसेकाे बैठकले गाैरादहमा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापामा अनुराेध गर्ने निर्णय भएकाे गाैरादह नगरपालिकाका प्रशासकीय अधिकृत खेम ओझाले जानकारी गराएका छन् ।

गाैरादह नगरपालिकाकाे वार्ड नं. ९ घर भएका २१ वर्षिय पुरूष र गाैरादहकाे विजुली अफिसका २९ बर्षिय १ जना पुरूष कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टी भएका विद्युत कार्यालयका कर्मचारीको घर कचनकवल भएपनि गौरादह-३ मा डेरामा बस्दै आएको जनाइएको छ । यस्तै क्वारेन्टाइन बसी संक्रमण पुष्टी भएका व्यक्ति भने आसाम घर भई धरान उपचारको लागि आएर वार्ड नं.९ आफन्तकोमा आई बसेको जनाइएको छ ।यहि साउन २८ गते गौरादह नगरपालिकाको क्वारेन्टाइनमा बसेका र कन्टयाक्ट ट्रेसिङको आधारमा समुदायका गरि १८ महिला र ९४ पुरुष गरि १ सय १२ जनाको स्वाब संकलन गरि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । जसमा १ सय १० जनाको यसअघि रिपोर्ट नेगेटिभ आइसकेको जनाइएको छ । संक्रमण पुष्टी भएका विद्युत कार्यालयमा काम गर्ने कर्मचारीलाई भने बिजुली अफिसको आइसोलेसन विराटनगर पठाएकाे र क्वारेन्टाइनमा बसेका संक्रमित व्यक्ति भने गौरादह-७ जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिएकाे श्रेष्ठले जानकारी दिए ।

गौरादहमा आज थप २ जना सँगै कोरोना संक्रमण पुष्टी हुनेको संख्या १४ पुरुष र ५ महिला गरि संक्रमितको संख्या १९ पुगेको छ जसमा १७ जना निकाे भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : ३२ बजे