१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा १ जना विजुली अफिसकाे कर्मचारीसहित २ जनामा काेराेना संक्रमण, सर्वपक्षिय बैठक बस्दै


७ भाद्र २०७७, आइतबार  

0
Shares

गाैरादह ७, भदाै / गाैरादह नगरपालिकामा आज थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गाैरादह नगरपालिकाकाे वार्ड नं. ९ घर भएका २२ वर्षिय पुरूष र गाैरादहकाे विजुली अफिसका ३० बर्षिय १ जना पुरूष कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । गाैरादह नगरपालिका वार्ड नं. ९ घर भएका २२ वर्षिय संक्रमित पुरूष क्वारेन्टाइनमा बसेका हुन् । गाैरादह नगरपालिकामा अहिले केहीबेरमा आपतकालिन सर्वपक्षीय वैठक बस्दै छ । लकडाउनकाे माेडालिटीबारे छलफल हुने र कहाँ -कहाँ र कहिलेसम्म लकडाउन गर्ने भन्ने विषयमा निर्णय हुने जनाईएकाे छ ।




प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : ३६ बजे