१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकमा आज थप १६ जनामा काेराेना संक्रमण भएकाे पुष्टि


६ भाद्र २०७७, शनिबार  

0
Shares

 

दमक ६, , भदौ /  प्रदेश १ मा गएको २४ घण्टामा झापा दमकका १६ सहित १०२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आज थप ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको संक्रमणमा झापाको दमकमा आज फेरि समुदायकासहित १६ जनामा कोरोना संक्रमण देखिएको हो ।  

संक्रमित हुनेहरुमा विद्युत प्राधिकरणका ७ जना , जनपद प्रहरी ८ जना र एकजना औषधी व्यवसायी रहेका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमकमा ३ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार नयाँ संक्रमितमध्ये ८ जना क्वारेन्टाइनमा बस्दै आएका छन् भने अन्य समुदायका रहेका छन् । यसअघि संक्रमण देखा परेका विद्युत प्राधिकरण दमक वितरण केन्द्रका कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा सोही कार्यालयका ६ जना कर्मचारी र एकजना क्यान्टिन संचालकलाई आज कोरोना पुष्टि भएको हो । त्यस्तै दमक फार्मेसीका संचालकलाई पनि संक्रमण पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले बताए ।त्यस्तै आन्तरिक सरुवाका क्रममा विराटनगरबाट दमक आएका ८ जना जनपद प्रहरीलाई पनि संक्रमण देखिएको छ । ती प्रहरी विराटनगरबाट आएर ड्युटीमा नगई क्वारेन्टाइनमा बसेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । कन्ट्याक्ट ट्रेसिङका क्रममा २२७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा त्यसमध्ये १७ जनाको रिपोर्ट पोजिटिभ आएको र १४ जनाको रिपार्ट आउन बाँकी रहेको अधिकृत भट्टराईले बताए । हिजो दमकमा एकजना शिक्षकलाई संक्रमण पुष्टि भएको थियो । यससंगै दमकमा अहिलेसम्म ५८ जना संक्रमित भएका छन् । तीमध्ये १४ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत भट्टराईले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : ०२ बजे