१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा पहिलाे पटक समुदायस्तरमा काेराेना संक्रमण फैलियाे


४ भाद्र २०७७, बिहिबार  

0
Shares

20200528_210918

गाैरीगंज ४, भाद्र / गाैरीगंज गाउँपालिकामा पहिलाे पटक समुदाय स्तरमा आज  कोरोनाकाे संक्रमण फैलिएकाे पुष्टि भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षिय पुरूषमा काेराेना संक्रमण भएकाे स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जानकारी गराएका छन् ।
गाैरीगंज गाउँपालिकाकाे समन्वय र उद्योग वाणिज्य संघ गाैरीगंजकाे आयाेजनामा दाेस्राे चरणमा ६१ जनाकाे स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा १ जना व्यापारीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
पुष्टिभएसंगै गाैरीगंज क्षेत्रमा जाेखिम बढेकाे छ।

। संक्रमित व्यक्ति स्थानिय व्यापारी रहेकाे बुझिएकाे छ । साउन ३२ गते आईतवार उद्योग वाणिज्य संघ गाैरीगंजले स्थानिय व्यापारी र ईच्छुक सर्वसाधारणकाे स्वाव संकलन गरि विराटनगरस्थित काेशी काेराेना अस्पतालमा पठाएकाे थियाे ।
अहिले केहिबेरमा गाैरीगंज गाउँपालिकाकाे आपतकालिन वैठक बस्दै छ ।
उनकाे सम्पर्कमा आएकाहरूकाे कन्ट्रयाक ट्रेसिङ्ग गर्ने , गाैरीगंजकाे बजार क्षेत्र सिल गर्ने र गाैरीगंज क्षेत्र आवतजावतमा निषेध गरिने विषयमा निर्णय गरिने जनाईएकाे छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  १० : १८ बजे