१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादह –९ को तीन वर्षको प्रगति विवरण प्रस्तुत, ५५ प्रतिशत वडावासी सन्तुष्ट


२ भाद्र २०७७, मंगलबार  

0
Shares

baigundhura

गौरादह २, भाद्र / गौरादह नगरपालिका वार्ड नं. ९ ले एक कार्यक्रमको आयोजना गरी वडाको ३ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ ।
स्थानियतहको निर्वाचन पश्चात वार्ड कार्यालयबाट सञ्चालित योजनाहरुको फेहरिस्त आज पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममार्फत वडा कार्यालयले सार्वजनिक गरेको हो । वार्ड नं. ९ का वडा अध्यक्ष सिताराम भट्टराईले आर्थिक वर्ष ०७४/७५,०७५/७६ र ०७६/७७ मा विनियोजन भएको करिब ३ करोड ३० लाख रुपैया“बाट सञ्चालित योजनाहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

तीन वर्षमा वडा भित्र २४ किलोमिटर सडक स्तरोन्नती, ५.५ किलोमिटर सडक ग्राभेल, १३.७ किलोमिटर कच्चि सडक, ६ वटा कल्भर्ट निर्माण, ९ वटा स्याल्भ कल्भर्ट, ६६ थान विद्युत पोल, १५ किलोमिटर सडक मर्मत, २० लाख रुपैया“मा सशस्त्र प्रहरी वल भवन र कम्पाण्ड निर्माण, १८ लाख रुपैयाँमा वैगुन्धुरा बजारमा टहरा, वत्ती जडानलगायत भौतिक व्यवस्थापन, २५ लाख रुपैयाँमा विभिन्न नदी कटान रोक्न तटवन्ध निर्माण, बाह्य खोप केन्द्र निर्माण, मिलन चौक स्तम्भ निर्माण, बालविकास केन्द्र निर्माण, मलामी विश्राम टहरा निर्माण, मठ मन्दिर निर्माण, आयुर्वेदिक औषधालय भवन र गेट निर्माण लगायतका योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष भट्टराईले बताएका थिए ।

करिब १० हजार जनसंख्या रहेको गौरादह नगरपालिका वार्ड नं. ९ भौगोलिकरुपमा नगरपालिकाको सवैभन्दा ठुलो क्षेत्रफल भएको वडा हो । तर सिलिङ्ग वजेट अन्य वडा सरह विनियोजन भएको देखिन्छ ।
विगत ३ वर्षमा आर्थिक वर्ष ०७४/७५ मा १ करोड, आर्थिक वर्ष ०७५/७६मा १ करोड १० लाख र आर्थिक वर्ष ०७६/७७ मा १ करोड २० लाख रुपैयाँ  वार्ड नं. ९ लाई नगरपालिकाबाट सिलिङ्ग वजेट विनियोजन भएको छ भने आगामी आर्थिक वर्ष ०७७/७८ का लागि पनि १ करोड २० लाख रुपैयाँ वजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष ०७७/७८ का लागि वडा नं. ९ को वडा सिलिङ्ग बजेट 

baigun1

baigun2
baigun3
baigun4

तीन वर्षको प्रगति विवरण   बताउँदै वडा अध्यक्ष भट्टराईले वडाको चौतर्फी विकासमा ५० देखि ५५ प्रतिशत वडावासीको अपेक्षा पुरा गरेको दावी गरेका थिए । वडा सिलिङ्ग वजेटबाट सञ्चालित योजनाहरुमा कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, नदी नियन्त्रण, खानेपानी, खेलकुद, लक्षित वर्ग, भौतिक निर्माणलगायत सडक सञ्जाल विस्तारमा वडावासीहरु पुर्ण सन्तुष्ट रहेको उनले बताएका थिए ।

वार्ड नं. ९ को मुलबाटोबाट नै एम्बुलेन्स कुदन सक्दैन नि ? भन्ने पत्रकारको जिज्ञासामा वडा अध्यक्ष भट्टराईले भने – ‘कारणवस वडावासीको घरसम्म एम्बुलेन्स पुग्न सक्दैन तर विकल्पको रुपमा हाल शाखा बाटोबाट सजिलै वडावासीको घरसम्म सजिलै पुग्न सकिन्छ । ’

हुलाकी सडक निर्माणका लागि ठेक्का लिएको मोतीदान कन्ट्रक्सनका टिपरहरु दिनहु“ कुदेर वडा नं. ९ का बाटोहरु विगार गरेको र त्यसका लागि सम्बन्धित निकायसंग बाटो निर्माणबारे कुरा गर्दा पनि कुनै सुनुवाई नभएको वडा अध्यक्ष भट्टराईको गुनासो थियो ।
वडा नं. ९मा अधिकांस नागरिकहरु कृषि पेशामा निर्भर रहेकाले वडा कार्यालयले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको वडा अध्यक्ष भट्टराईले बताए । गत आर्थिक वर्षमा कृषिमा विनियोजन गरेको वजेट कोभिड १९ का महामारी कारण खर्च गर्न नसकिएको उनले बताए । आर्थिक वर्ष ०७७/ ७८ को नीति तथा कार्यक्रममा नगरपालिकाले एक वडा एक सडक कालोपत्रेको नीति ल्याए पनि यस वडामा अधिकांंस नागरकि कृषक भएकोले उक्त वजेटलाई संशोधन गरी कृषि क्षेत्रमै खर्च गरिने गरी विनियोजन गरेको वडा अध्यक्ष भट्टराईले जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा वडा सदस्यहरु यमकुमारी प्रधान, योगेस परियारलगायत वडा सचिव रामप्रसाद दाहालको सहभागिता थियो ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ११ : ३१ बजे