१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बजारमा तरकारीको मूल्य पावामा


२ भाद्र २०७७, मंगलबार  

0
Shares

tarkari1

झगेन्द्र खड्का
गौरादह २ , भाद्र /काेराेना भाइरसकाे संक्रमण फैलिएसँगै स्थानीय तहमा लकडाउन र सिल गरिँदा तरकारीको मूल्य आकासिएको छ। काेराेना भाइरसकाे संक्रमणका कारण सवारीसाधन संचालन नहुँदा अन्य जिल्लाबाट आयात हुने तरकारी आउन नसकेकाले तरकारीको मूल्य बढेकाे हाे।

गाउँघरका किसानहरुले खेतमा धान राेपेपछि तरकारी लगाउने ठाउँ नहुँदा तरकारीको उत्पादन घटेकाे छ। गाउँघरमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरुले पानी नजम्ने डाँडाे खेत अभावमा प्रशस्त तरकारी उत्पादन गर्न सकेका छैन। केही किसानहरुले आफुलाई चाहिने तरकारी आफ्नो बारीमा उत्पादन गरिरहेका छन् ।

बिहान बेलुका तरकारी सबैलाई आवश्यक हुन्छ। लकडाउन वा सिल गरिएपनि दैनिक आवश्यक पर्ने तरकारी पसल भने बन्द गरिएकाे छैन। घरमा तरकारी नहुनेहरु गाेजिमा पैसा र हातमा झाेला लिएर तरकारी किन्न बजार आउँछन्। तरकारी किन्न बजार आएका मानिसहरु तरकारीको मूल्य सुन्न साथ झस्किन्छन।

ग्राहकले तरकारीको मूल्य साेद्धा ब्यापारीहरुले के.जि.मा नबताई पावामा मूल्य बताउँछन् ।काेहि व्यक्ति हातमा झाेला बाेकेर तरकारी बजारमा पसेमा मेराे पसलमा आएर तरकारी किनिदिए हुन्थियाे भनेर दाउ हेरेर बसेका ब्यापारीले केजिमा मूल्य बताएमा ग्राहकहरु तर्सिएर भाग्छन भनेर सानाे स्केल पावामा बताउँछन्।

बजारमा तरकारीको मूल्य अत्याधिक महंगो भएकाले थाेरै पैसा बाेकेर वा पैसा कम हुने ब्याक्ती तरकारी किन्न बजार नगएपनि हुने गौरादह नगरपालिका ८ कि बिमला भण्डारी बताउँछिन्।

काेराेना भाइरस संक्रमणका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरुले राेजगारी नपाएको समयमा तरकारीको मूल्य आकासिदा   दैनिक काम गरेर कमाएकाे पैसाले किनि खाने व्यक्तिका परिवारहरु समस्यामा परेका गौरादह -७ का जाेगेश माक्रा बताउँछन् । दक्षिणी क्षेत्रकाे गौरादह, ग्वालडुब्बा, गौरीगंज क्षेत्रमा तरकारी व्यावसाय गर्ने ब्यापारीहरु आफुले हाेलसेलमा तरकारी खरिद गरेकाे मूल्य नै महंगो परेकाले महंगोमा बिक्री गर्नु परेकाे बताउँछन्।

दैनिक उपभाेग गरिने तरकारी उत्पादनमा स्थानीय किसानलाई प्रबर्द्धन गर्न आवश्यक रहेको गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जेबि कार्की बताउँछन्। स्थानीय स्तरमा तरकारीको उत्पादन कमी हुँदा बाहिय क्षेत्रबाट आयत हुने तरकारीको मूल्य बढी भएकाे अध्यक्ष कार्की बताउँछन्।

स्थानीय स्तरमा तरकारीको उत्पादन बढाउन सके आफ्नै ठाउँका किसानहरुकाे आय आर्जन हुनुका साथै तरकारीमा परनिर्भरताकाे अन्तय हुने अध्यक्ष कार्कीकाे भनाइ छ।

बाहिय क्षेत्रबाट आयत हुने तरकारी खरिद गर्नु पर्दा महंगो मूल्य तिर्न बाध्य हुनु परेकाे कार्कीले बताए। अहिले बजारमा आलु प्रति केजि ७०,स्कुस ६०,घिउ सिबि १ सय ६०,टमटर ८०,भिन्डी १००,खुर्सानी २००, डल्ले खुर्सानी ४००,बन्दा ४०,लसुन ३२०,प्याज ५०,बैगुन १०० पर्बल १२०,करेला १२०, अदुवा २०० रुपैयाँ केजि रहेकाे छ। काँक्रा प्रतिगाेटा ५०, हरियाे साग प्रति मुठा ३० रहेकाे गौरादहकाे तरकारी ब्यापारी पुनम मण्डल बताउँछिन् । स्थानीय क्षेत्रमा तरकारीकाे उत्पादन बढाउन नगरपालिकाले प्रक्रिया सुरु गरिसकेकाे गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाह बताउँछन् । नगरभित्र रहेका व्यावसायिक तरकारी खेती गर्ने किसानहरुलाई प्रबर्द्धन गर्न नगरपालिकाले यस आर्थिक बर्षमा नीति कार्यक्रम र बजेटमा समाबेश गरिसकेकाले आगामी दिनमा याे समस्या झेल्नु नपर्ने मेयर शाहकाे भनाई छ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ४६ बजे