६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

भारतीय सीमा नजिकका गाउँहरुमा चौपाया चोरी र तस्करहरुको गतिविधि बढ्दो


१ भाद्र २०७७, सोमबार  

0
Shares

saman

गौरीगंज १, भदौ / गौरीगंज क्षेत्रको भारतीय सीमाना नजिकको गाउ“हरुमा चौपाया चोरी गर्ने र तस्करहरुको गतिविधि बढेको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने स्थानीयवासीहरुले चौपाया चोरी हुने र तस्करहरुको गतिविधि बढेको भन्दै ज्युधनको सुरक्षाका लागि गौरीगंज गाउँपालिकामा निवेदन दिएका छन् ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने सादानन्द यादवको ३ वटा, मंगला यादवको ३ वटा र किसनलाल यादवको ३ वटा चौपाया आज सोमवार राती उनीहरुको गोठबाट फुकाएर भारततर्फ चोरहरुले लगेका थिए ।
रातको करिब १२ बजेको समयमा गुवालीबाट चौपाया खोली भारततर्फ लाने क्रममा स्थानियहरुले थाहा पाएर होहल्ला गर्दा चोरहरु चौपाया छाडेर भारततर्फ भागेका थिए ।
गौरीगंज क्षेत्रको सीमानाकामा चौपाय चोरी गर्ने र तस्करी गर्ने गराउने गतिविधि पछिल्लो समयमा बढेको भन्दै ३० भन्दा बढी देवीगंजवासीले गौरीगंज गाउ“पालिकमा शान्ति सुरक्षाका लागि निवेदन दिएका हुन् ।
भारतसंगको सीमानाका बन्दको मौका छोपी प्रतिवन्धित सुर्तीजन्य पदार्थ , खाद्यान्न सामान र रसायनिक मल नेपाल तर्फ भित्रियाउने र भारततर्फ चौपाया र मदिरा पदार्थ लाने कार्य भइरहेको स्थानिय सादानन्द यादवले बताए ।
सिमावर्ती स्थानियहरूका अनुसार रातको समयमा नेपालबाट चौपाया र मदिरा पदार्थ तथा भारततर्फबाट माछा, रसायनिक मल, खैनी, कपडा, खाद्यान्न सामान तस्करी हुदै आएको छ ।

‘राती साईकलमा सामान लगेको हामी थाहा“ पाउ“छौ’ – गौरीगंज गाउँपालिका वार्ड नं.६ देवीगंज बस्ने विरेन यादव भन्छन् – ‘२५ / ३० जनाको अपरिचित व्यक्तिको हुल हुन्छ ज्यानको डरले केही बोलिदैन ।’
सुर्ती मात्र होईन चिनी, तेललगायत अन्य खाद्यान्न सामानहरू पनि देवीगंज नाकाबाट भित्रीरहेको उनले बताए ।
साईकलका साईकल यस नाकाबाट रातारात भित्रिरहे पनि प्रहरी गस्तीमा हुदा“समेत उनीहरूलाई नदेख्नु झै गरी बस्नु अच्चम भएको बताउ“दै स्थानीयहरूले कहि कतै प्रहरीको मिलेमतो त छैन शंका जताए ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंजमा करिब २० दिन अघि भैंसी चोर्ने प्रयास गरिएको थियो । नेपाल भारत सीमासंग जोडिएको देवीगंज बस्ने स्थानिय सत्यनारायण यादवको गुवालीबाट रातको १२ बजे भैंसी फुकाली बोर्डर पार गर्ने क्रममा गाउँलेले होहल्ला गरेपछि भैंसी छोडेर भागेका थिए ।
स्थानिय देवनारायाण यादवका अनुसार रातको ११ र १२ बजे दिनहु“ ८र १० जनाको समुहले बोरामा सामान र चौपाया भारततर्फ लाने गरेको छ । उनले भने – ‘साईकल र पैदलमा रातभर देवीगंज क्षेत्रबाट भारत तर्फ मालसमान लाने र भारतबाट विभिन्न सामानहरू नेपालतर्फ तस्करहरूले ल्याउने गरेको देख्छु । डरले मात्र हामी बोल्न नसकेको हो कहि हामीमाथि आक्रमण गर्छन् कि भनेर ? उनले भने थपे – ‘रातभर रमिता हुन्छ तस्करहरूको चहलपहलले सुत्नै पाउदैनौ ।’
गत असार ३१ गते राति करिब १२ बजे तस्करहरूले १४ वटा गोरू ( चौपाया) धान रोपाई गरेको खेतैखेत भारततर्फ लगेका थिए । भारततर्फ लगिएको चौपायमध्ये १ वटा हिड्न नसकेर खेतमै ढलेपछि त्यस्को रहस्य खुलेको थियो ।
तस्करहरूले रोपाई गरेको खेत विगार गरेपछि कृषकहरूले त्यसको क्षतिपूर्तिका लागि स्थानीय वडा नं. ६ को कार्यालयमा निवेदन दिन खोजेका थिए । तर कृषकलाई क्षतिपूर्ति स्वरूप विगार गरेको खेतमा पुनस् रोपाई गरिदिने सहमति भएपछि कृषकहरू निवेदन दिनबाट पछि हटेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १० : ४५ बजे