१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पार्टीमा अन्तर्घात गर्नेकाे पनि सर्लक्कै नविकरण


३२ श्रावण २०७७, आइतबार  

0
Shares

20200816_153552

गौरीगंज ३२, साउन /नेपाली काँग्रेस गौरीगंज गाउँ समितिले पार्टीका कृयासिल कार्यकर्ताहरुकाे नबिकरण गर्ने कार्य सुरुगरेकाे छ।
नेपाली काँग्रेस पार्टी गौरीगंज गाउँ समिति अन्तरगत वडा नं -१ मा १ सय ३५, वडा नं -२ मा १ सय ३५, वडा न ३ र४ मा १ सय ८२, वडा नं -५ मा ६८ र वडा नं -६ मा १ सय ४४ जना कृयासिल कार्यकर्ता रहेका छन।गौरीगंज गाउँपालिका भित्र जम्मा ६ सय ६४ जना कृयासिल कार्यकर्ता रहेकाे पार्टीले जनाएको छ।

नेपाली काँग्रेसकाे आसन्न १४ औं महाधिवेशन गर्ने तय भएकाे तालिका अनुसार गाैरीगंजका प्रत्येक वडा समितिहरूले आफ्नोे क्रियाशिल सदस्यहरूकाे सदस्यता नविकरण गर्ने कार्य शुरू गरेकाे हाे । नेपाली कांग्रेस झापा जिल्ला नेतृत्वले पार्टीमा आवद्व सबै क्रियाशिल कार्यकर्ताहरूलाई समयमै सदस्यता नविकरण गर्न आवह्वान गरेकाे छ ।

पार्टी सदस्यता नविकरण प्रक्रियामा स्थानिय वडा समितिहरूमा हानाथाप देखिएकाे छ । वडाका वडा सभापतिसहित केही कार्यकर्ताहरूले पार्टी भित्ररहि गत निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्ताहरूकाे पार्टी सदस्यता नविकरण नगर्ने पक्षमा उभिएका छन् भने पार्टी भित्रकै अर्काे पक्ष जसरी भए पनि सदस्यता नविकरण गराएरै छाड्ने दाउमा छन् । पार्टी सदस्यता नविकरण नहुने हाे कि भन्ने डर लागेका कार्यकर्ताहरूले पार्टी सदस्यता नविकरणका लागि क्षेत्र, प्रदेश, जिल्ला तहसम्मका नेता कार्यकर्तासंग गुहार मागिरहेकाे बुझिन्छ ।
गाैरीगंज गाउँपालिका भित्र रहि लामाे समयसम्म नेपाली कांग्रेस पार्टीकाे नेतृत्व गरेका महासमिति सदस्य, क्षेत्रिय प्रतिनिधि र पार्टीको जिम्मेवार तहमा समेत रहेका नेता तथा कार्यकर्ताहरूले गत निर्वाचनमा पार्टीलाई धाेका दिई पार्टीको विरूद्व गतिविधि गरेकाे बुझिन्छ ।

नेपाली कांग्रेस पार्टी गाैरीगंज गाउँपालिका वार्ड नं. ६ ले समाजिक संजाल मार्फत आइतवार एक सूचना प्रकाशित गरि पार्टीलाई घातअन्तर्घात गर्ने वडा भित्रका क्रियाशिल कार्यकर्ता सबैलाई सदस्यता नविकरण गर्न आव्हान गरेकाे छ ।

हेर्नुहाेस् फेसबुकमा नविकरण गर्नेबारेकाे सुचना

यस किसिमकाे सूचना प्रवाहबाट वडा सभापतिहरू नचाहँदा नचाहदैँ जिल्ला नेतृत्वकाे निर्देशनमा ती ‘पार्टीलाई अन्तरघात गर्ने भनिएका कार्यकर्ताहरूकाे’ सदस्यता नविकरण गर्न बाध्य भएकाे बुझिन्छ । यस परिपाटीबाट पार्टीभित्रका लगनशिल, ईमान्दार, कर्मठ कार्यकर्ताहरूमा वितृष्णा पैदा हुने प्रवल सम्भावना देखिन्छ । पार्टी विरूद्व गतिविधि गर्ने, अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई अब पनि कार्वाहीकाे दायरामा नल्याउने हाे भने आगामी दिनमा पनि यस किसिमकाे गतिविधि गर्नेकाे मनाेवल बढेेेर पार्टीमा गलत प्रवृत्ति अझ झांगिदै जानेमा दुईमत छैन ।
नेेेेेेपाली कांग्रेसकाे विधान अनुसार सदस्यता नविकरण गरेकाे संख्याकाे ५० प्रतिशत नयाँ सदस्य थप गर्न पाउने उल्लेख भएकाे छ।

६ वटा वडा रहेकाे गाैरीगंज गाउँपालिकामा गत स्थानिय निर्वाचनमा उपाध्यक्ष, ४ वटा वडा अध्यक्षसहित बहुमत सदस्य निर्वाचित भएका छन् ।
गाैरीगंज क्षेत्र नेपाली कांग्रेसकाे पकड क्षेत्र रहे पनि गाउँपालिकाकाे अध्यक्ष पद पार्टीका केही कार्यकर्ताहरूकाे अन्तर्घातका कारण कांग्रेसले अध्यक्ष पद गुमाएकाे थियाे ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ५५ बजे