१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उद्योग वाणिज्य संघ गाैरीगंजद्वारा आज पनि ६१ जनाकाे पीसीआर परिक्षणका लागि स्वाव संकलन


३२ श्रावण २०७७, आइतबार  

0
Shares

20200816_094226
गौरीगंज ३२, साउन / गाैरीगंज गाउँपालिका भित्रका ६१ जना व्यापारी तथा ईच्छुक सर्वसाधारणकाे पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएकाे छ ।
उद्योग वाणिज्य संघ गाैरीगंजकाे आयाेजना र गाैरीगंज गाउँपालिकाकाे समन्वयमा आज विहान व्यापारी र सर्वसाधारणकाे सशुल्कमा स्वाव संकलन गरिएकाे हाे ।
संकलित उनीहरू सबैकाे स्वाव परिक्षणका लागि विराटनगर स्थित काेराेना परिक्षण अस्पताल काेशीमा पठाईने गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।
उद्योग वाणिज्य संघ गाैरीगंजले यसअघि ५३ जना व्यापारी र सर्वसाधारणकाे पीसीआर टेष्टका लागि स्वाव संकलन गर्ने कार्य गरेकाे थियाे । उनीहरूकाे परिक्षणकाे नतिजा आज साँझसम्म आउने बताईएकाे छ ।

पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्ने कार्यक्रमकाे औपचारिक शुभारम्भ गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए ।
काेराेना भाईरसकाे महामारी समुदायस्तरमा फैलिईरहेकाे अवस्थालाई मध्यनजर गर्दै गाैरीगंजका व्यापारी वर्गलाई र ईच्छुक सर्वसाधारणलाई सर्वसुलभ दरमा परिक्षण गर्ने कार्य शुरूवात गरिएकाे उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले बताए ।

स्वाव संकलन कार्यमा खटिने स्वास्थ्यकर्मी, परिक्षण कार्यमा गाउँपालिकाले समन्वय गर्ने र भिटिएमकाे व्यवस्थापन वाणिज्य संघले गर्ने संघका अध्यक्ष महताेले बताए । भारतिय सिमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिका काेराेना भाईरसकाे उच्च जाेखिममा रहेकाे छ । समुदायस्तरमा काेराेना भाईरसकाे संक्रमण नफैलियाेस भनेर गाउँपालिकाले भाद्र १ गते सम्म लकडाउन गरेकाे छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ४ : ०१ बजे