१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमक एक हप्ताका लागि लकडाउन


३१ श्रावण २०७७, शनिबार  

0
Shares

20200815_180300

दमक३१, साउन / झापाको दमकमा आज शनिबार राती १२ बजेदेखि भाद्र ६ गते राती १२ बजेसम्म कडा लकडाउन हुने भएको छ ।
आज नगरपालिका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
बैठकले लकडाउनका समयमा एम्बुलेन्स , सन्चारकर्मी सहित आपतकालिन सेवाका बाहेक सबै सवारीसाधन , बजार पसल आदि बन्द गर्ने निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । दुग्ध पसलबाहेक सबै पसल बन्द रहने उनले बताइन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : २२ बजे