१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेराेना कहर : कतै सिल, कतै लकडाउन


३१ श्रावण २०७७, शनिबार  

0
Shares

received_637677503792624

गौरीगंज ३१, साउन / आसपासका पालिकाहरुमा समुदाय स्तरमा काेराेना संक्रमण पुष्टि भएसँगै गौरीगंज गाउँपालिकामा हिजाे (साउन ३०) देखि लकडाउन गरिएको छ।

गौरीगंज गाउँपालिका भारतसँग सिमना जाेडिएकाे र गौरादह नगरपालिकामा समुदायस्तरमा भाइरस देखिएपछि गौरीगंज गाउँपालिका बासिहरुमा भाइरसकाे संक्रमण फैलिन नदिन गाउँपालिकाले ४ दिनका लागि लकडाउन गरेकाे हाे।

लकडाउन गरिएसँगै गौरीगंज गाउँपालिका भित्रका पसलहरु बन्द छन्। सर्वसाधारणलाई अतिआवस्यक पर्ने औषधि तथा ठाउँ-ठाउँमा सागसब्जी पसलहरु भने खुल्ला छन्। काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्दै जाँदा सरकारी कार्यलयहरुबाट दिइने सेवा समेत बन्द गरिएकाे छ।
गौरीगंज गाउँपालिका भित्ररहेका गाउँपालिका कार्यालय र त्यसकाे माताहातमा रहेका कार्यालयहरु बन्द रहेका छन्। लकडाउन गरिदा यस क्षेत्रकाे जनजिवन प्रभावित बनेकाे छ। गौरीगंज गाउँपालिका बासीहरुमा भाइरसकाे अवस्थाकाे जानकारी लिन झापा उद्योग बाणिज्य संघ शाखा गौरीगंजले सर्वसाधारण र ब्यापारीहरुलाई सुलभ मुल्यमा पिसिआर परिक्षण गरि स्वाव संकलन गरेकाे थियाे।

झापा उद्योग बाणिज्य संघ शाखा गौरीगंजकाे कार्यलयमा भएकाे स्वाव संकलनमा ५३ जनाले पिसिआर परिक्षण गराएका थिए ।
गाैरादह नगरपालिका भित्र समुदायस्तरमा काेराना भाईरसकाे संक्रमण देखिएपछि नगरपालिकाभित्रका केही वडाहरू सिल गरिएका छन् ।

नगरपालिका भित्रका केही व्यक्तिमा संक्रमण देखिँदा उनीहरूकाे सम्पर्कमा आएका १ सय जना व्यक्तिको कन्ट्याक ट्रेसिङका आधारमा स्वाव संकलन गरिएकाे छ । गाैरादह नगरपालिकाले आकस्मिक वैठकबसी पीसीआर परिक्षणकाे नतिजा नआउँञ्जेल नगपालिकाकाे वार्ड नं. ६,७ र ८ काे पुरै वडा र वार्ड नं. ३ र ५ का केही भाग सिल गरिएकाे छ। सिल गरिएका वडाहरूमा पसल तथा सरकारी कार्यालयहरू बन्द गरिएकाे छ ।

दमक नगरपालिकामा आज आपतकालिन बैठक बसी शनिबार राती १२ बजेदेखि भाद्र ६ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेकाे छ । नगरपालिका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हाे । बैठकले लकडाउनका समयमा एम्बुलेन्स , सन्चारकर्मी , आपतकालिन सेवाका बाहेक सबै सवारीसाधन , बजार पसल बन्द गर्ने निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । दुग्ध पसलबाहेक सबै पसल बन्द रहने उनले बताइन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १० : १० बजे