५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादह -१ काे बजेट १ कराेड २० लाख, ३ बर्षकाे प्रगति विवरण प्रस्तुत


२६ श्रावण २०७७, सोमबार  

0
Shares

20200810_200959
गौरादह २६, साउन / गौरादह नगरपालिका वडा नं. १ ले वडामार्फत संचालित हुने योजना र विगत ३ बर्षकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ ।

वार्ड नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले आज साेमवार पत्रकार सम्मेलन मार्फत वडाकाे अागामी अार्थिक वर्ष २०७७/७८ काे बजेट तथा विगत ३ वर्षकाे विस्तृत प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

कार्यपालिका सदस्य देवीमाया श्रेष्ठ र वडा सदस्य काेमल ढुंगानासमेत उपस्थिति रहेकाे पत्रकार सम्मेलनमा आर्थिक वर्ष ०७७/७८ मा वडा सिलिङ्ग बजेट १ कराेड २० लाख रूपैयाँ बजेट विनियाेजन भएकाे वडा अध्यक्ष भण्डारी जानकारी गराएका छन् ।

विगत ३ बर्षकाे अवधिमा सडक सन्जाल तर्फ १९ कि.मी. उच्च स्तरिय सडक निर्माण र ८ कि.मी. सडक ग्राभेल गरिएको वजेट प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी पाडाजुँगि- गौरिगन्ज सडकको ८ सय मिटर सडक चौडाइ बिस्तार सम्पन्न गरिएको उल्लेख छ ।

वडा नं. १ मा निर्माणाधिन अन्तर्गतका सडकहरुमा सितापुरी- रङ्पुर ९ सय ५० मिटर सडक ,पेट्रोल पम्प दक्षिण १४ सय मिटर सडक , इप्रका बजार हुँदै रेडक्रस मार्ग ९ सय मिटर सडक , डिपु पश्चिम डिम्बाउठा सडक ,सितापुरी स्कुल पुर्ब किस्नेखोला सडक , गौरादह बजार पुर्बको सडक ,अर्जुनदेब राइको घर दक्षिण सडक र नमुना सडक लगायतका ८ वडा सडकहरु कालोपत्रेकाे ठेक्का प्रकृया सुरु भएर कार्य सञ्चालनमा रहेकाे वडा अध्यक्ष भण्डारीले बताए ।

पुल कल्भर्ट अन्तर्गत ८ वटा पुल कल्भर्ट निर्माण गरिएको ,३० स्थानमा ह्युम पाइप जडान गरिएको , कमल गाउपालिकाको सिमाना किष्णे खोलामा ९२ मिटरको झोलुङेपुल निर्माण सम्पन्न गरिएको तथा पुर्बाधार बिकास कार्यालय बाट कृश्नेखोलामा पुल निर्माणको ठेक्का प्रकृया सकिएको बजेट प्रतिवेदनमा उल्लेख छ ।

भौतिक संरचना अन्तर्गत गौरादह बजारमा सिसि क्यामेर जडान तथा ब्यापारिक प्रयोजनका लागि ९८ वटा स्टल निर्माण ९ सय मिटर ड्रेन तथा ढल निर्माण , कृश्नेखोला तथा गेउरिया खोलामा नदि नियन्त्रणका निमित्त ६५० मिटर ग्याबिन जाली निर्माण , वडा अन्तर्गत पर्ने संघ सस्था मठ मन्दिर तथा विद्यालयहरुको भौतिक पूर्बाधार सुधार ,कभर्ड हल तथा खेल मैदान निर्माण गरिएको जनाइएको छ । खानेपानी तथा बिधुत बिस्तार अन्तर्गत २ वटा खानेपानी ट्याङ्की सञ्चालन, ६ हजार मिटर पाइप बिस्तार, २०० भन्दा बढी लक्षित परिवारलाई सुलभ मुल्यमा मिटर उपलब्ध, विद्युत ट्रान्सर्फमर जडान गरि ७५ वटा पोलमा सडक बत्ती जडान गरिएको वजेट प्रतिवेदनमा उल्लेख छ ।

पर्यटन तर्फ गौरादह नगरपालिकाकै गौरबको रुपमा हेरिदै आएको गौरादह पर्यटन पोखरी छेत्र घेराबारा सम्पन्न गरि आवस्यक पुर्बाधार निर्माण गर्न ४० करोडको डि. पि. आर.तयार गरिएको जनाइएको छ । त्यसैगरि सामाजिक छेत्र तर्फ सहायता हस्तान्तरण र स्वाभलम्बी कार्य संचालन अन्तरगत ३०० जनालाई तालिम गराइ सकिएको ,२२५ बिपन्न परिवारलाई न्यानो कपडा बितरण गरिएको ,वडा तथा दात्री निकायको सहयोगमा १३ जना लाई अपाङ्ग सपोर्ट सामाग्री उपलब्ध गराइएको ,४०० परिवारलाई सुलभ सौचालय , ४ वटा आबास निर्माण ,३५ बिगाहा जग्गामा सामुहिक खेती ,४ सय पशुको नि:शुल्क बिमा, ४ सय परिवारलाई सुलभ शाैचालय, ४ वटा आवास निर्माण, ३५ विघा जग्गामा सामुहिक खेती शुरू, कृषकहरुलाइ कृषि तालिम तथा बीउ बिजन बितरण लगायतका कार्यहरु गरिएको उल्लेख छ ।

सडक सञ्जाल निर्माण ,खानेपानी बिस्तार ,सहयोग सहायता शान्ति सुरक्षा ,बिमा कार्यक्रम ,कृषि शिक्षा स्वास्थ्य पशु तथा स्वरोजगार सुचना सञ्चार लगायत गौरादह पर्यटकीय पोखरी बिकास तथा संरक्षण समितिलाई अनुदान स्वरुप ८ लाख रूपैयाँ अनुदान सहित १करोड २० लाख अनुमानित बजेटको पुर्ण विवरण वडा कार्यालयले प्रस्तुत गरेको छ ।

त्यसैगरी वडा कार्यालयले स्वराेजगार कार्यक्रम अन्तर्गत कृषि, स्वास्थ, शिक्षा र पशुमा २२ लाख रूपैयाँ बजेट विनियाेजन गरेकाे छ ।

20200810_19513920200810_19515520200810_19521620200810_195712

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : ३४ बजे