५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

थप उपचारका लागि सरस्वती श्रेष्ठलाई स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र साँगा लगियो


२६ श्रावण २०७७, सोमबार  

0
Shares

spinal 2
दमक २६ , साउनसरस्वती श्रेष्ठ बचाउ अभियान सहयोग समिति उर्लावारीले सरस्वती श्रेष्ठको थप उपचारका लागी स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र साँगामा लगेको छ ।
सहयोग समितिले काभ्रेको भैसेपाटी स्थित साँगाको स्पाइनल इन्जुरी केन्द्रमा १६ वर्षीया सरस्वतीलाई उपचारका लगिएको हो ।
पाँचथरको हाङगुम गाउँमा गोठला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर घाइते भएकी सरस्वतीलाई स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र साँगामा राखेर स्पाइनल इन्जुरी सञ्चालन सम्वन्धि सबै कुरा सिकाइने त्यसपछि उनी आत्मनिर्भर भई समाजमा पुर्नस्थापना हुन सहयोग पुग्ने केन्द्रका पदाधिकारीहरुले बताएका छन् । उनीको स्पाइनल इन्जुरीको उपचार ३ महिना बढी गर्नु पर्ने बुझिएको छ ।
सरस्वती श्रेष्ठ बचाउ अभियान सहयोग समितिले पुर्नस्थापना केन्द्र साँगामा उपचारका लागि घाइते सरस्वतीलाई हिजो पुराएको बिरामीको भिनाजु बिनोद श्रेष्ठले जानकारी दिनुभयो । पुर्नस्थापना केन्द्रमा राखेर घाइते श्रेष्ठलाई फिजीयोथेरापी,मनोबिज्ञान परामर्श र नर्सिङ केयर लगायतका कुरा सिकाइने सहयोग समितिको संयोजक तथा सामाजिक अभियान्ता सम्झना तामाङले बताउनुभयो ।
काठमाण्डौं स्थित बीर अस्पतालको ट्रमा लगायतका अस्पतालमा लगेर विरामीको उपचार गराउदा मेरुदण्डको हडी भाँचिएर घाइते भएकी धेरै समय पुरानो भएकाले सरस्वतीको शल्यक्रिया गर्न सम्भव नभएको र फिजीयोथेरापीको लागि सिफारिस गरेको चिकित्सकहरुलाई उद्धृत गर्दै संयोजक तामाङले बताउनुभयो ।
हालको पाँथरको तुम्वेवा गाउँपालिका ५ हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी भेनाको घरमा बस्दै आएकी श्रेष्ठलाई स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको सहयोग समिति सचिव मनकुमार गदालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : १३ बजे