५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरादहमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका, केही वडामा सिल


२६ श्रावण २०७७, सोमबार  

0
Shares

gauradha

फाइल फोटो

गौरादह २६, साउन / गौरादह नगरपालिकामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका बढेको छ ।
गौरादह नगरपालिकाको वार्ड नं. ६,७ र ८ मा आज थप सशस्त्र प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि समुदायस्तरमा भाइरस फैलिएको जोखिम बढेको हो । नगरपालिकामा आज बसेको सर्वपक्षिय बैठकले उक्त वडाहरुमा राति १२ बजेदेखि लागुहुने गरी पुर्णरुपमा सिल गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले वार्ड नं. ६, ७ , ८ को प्रगति चौकदेखि उत्तरको सम्पुण क्षेत्र, वार्ड  नं. ५ को स्कुलचौन बजार क्षेत्र  र वार्ड नं. ३ को केही क्षेत्र संक्रमित व्यक्तिहरुको स्वाव परिक्षणको परिणाम नआउञ्ेलसम्मका लागि सिल गर्ने निर्णय गरेको छ ।
गौरादह नगरपालिका वार्ड नं. ७ घर भएका २५ र २७ बर्षिय २ जना पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो । उनीहरु इलामस्थित सशस्त्र सुरक्षा प्रहरी वल कार्यालयमा कार्यरत साउन १५ गते विदा लिएर घर आएका थिए । उनीहरु घर आइपुगेको ५ दिन पछि साउन २० गते स्वाव परिक्षण गराएका थिए ।

आज सोमवार उनीहरु समुदायमा घुलमिल भएकोले सम्पर्कमा आउने सबैको कन्ट्राक ट्रेसिङ्ग गरिएको र मंगलबार स्वाव परिक्षण गरिने स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले बताए । संक्रमित अन्य ३ जना तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका थिए ।
गौरादह नगरपलिकाको सभाहलमा आकस्मिकरुपमा बोलाएको जनप्रतिनिधि, राजनीतिक दल र उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको सर्वपक्षिय बैठकले संंक्रमित कोरोनाको जेखिमलाई मध्यनजर गरी जुरोपानी स्वास्थ्य चौकी तथा महारानी झोडा स्वास्थ्य चौकी भवनलाई आइसोलेसनका लागि तयार गरिने गौरादह नगरपालिकाका प्रशासकिय अधिकृत खेम ओझाले जानकारी गराएका छन् । गौरादह नगरपालिमा हालसम्म १७ जना कोरोना संक्रमित भएपनि १२ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ११ : ४७ बजे