४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वरिष्ठ पत्रकार श्रेष्ठकाे निधन


२५ श्रावण २०७७, आइतबार  

0
Shares

20200809_185358

मेचीनगर, २५ साउन / वरिष्ठ पकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ ।

लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको अइतवार अपरान्ह पौने ६ बजेतिर मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भए पछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो ।

हस्पिटलबाट आज घर पुर्याएको केही घण्टमामै उनको निधन भएको थियो ।

रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै थिए । उनका थुर्पै साहित्यिक रचना प्रकाशित छन् ।

उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।

(लाेकतन्त्रपाेष्ट अनलाईनबाट साभार )

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : १२ बजे