६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

झापामा आज थप पाँचजनासहित संक्रमितकाे संख्या ३९८ जना पुग्याे


२५ श्रावण २०७७, आइतबार  

0
Shares

20200528_210918
झापा २६, साउन / झापामा आज पाँच जना कोरोना संक्रमित थपिएका छन् । यो संगै झापामा संक्रमितको संख्या ३९८ पुगेको भने ३४४ जनाले कोरोना जितेका छन् । आज अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकाका दुई दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

उनीहरू भारतबाट आएका हुन्। त्यसैगरी दमकमा कार्यरत एकजना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच प्रदेश १ मा आज ४० जना कोभिड १९ संक्रमित थपिएका छन्। मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याकं अनुसार मोरङको विराटनगरमा १० महिला १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै सुनसरीको धरानमा १ महिला २ पुरुष, इटहरीमा १ महिला १ पुरुष र बर्जुमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको कुन संख्या १ हजार ४ सय २३ पुगेको छ। प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ।

प्रदेश १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।हालसम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : ५३ बजे