१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा ४ दिनका लागि पुर्णरूपमा लकडाउन हुने, भाेलीदेखि विहान ७ बजेदेखि ११ बजेसम्म मात्र पसल खाेल्न पाउने


२५ श्रावण २०७७, आइतबार  

0
Shares

20200501_193651

गाैरीगंज २६, साउन / गाैरीगंज गाउँपालिकाले ४ दिनका लागि गाैरीगंज क्षेत्र पुर्णरूपमा लकडाउन गर्ने निर्णय गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरिय काेराेना आपतकालिन कार्य सञ्चालन केन्द्रका संयाेजक बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा आज बसेकाे बैठकले साउन ३०, ३१, ३२ र भाद्र १ गते अर्काे सुचना नअाउनञ्जेल सम्मका लागि पुर्णरूपमा गाैरीगंज क्षेत्र लकडाउन गर्ने निर्णय गरेकाे हाे ।
पछिल्लाे समयमा स्थानियतहहरूमा समुदाय स्तरमै काेराेना भाईरसकाे संक्रमण फैलिईरहेकाे अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले पहिलाे चरणमा ४ दिन लकडाउन गर्नुका साथै गाउँपालिका भित्रका सम्पुर्ण हटिया बजारहरू पुर्णरूपमा बन्द गर्ने निर्णय गरेकाे छ ।
बैठकले गाउँपालिका अन्तर्गत सबै प्रकारका पसलहरू अर्काे र्निर्णय नभएसम्मका लागि भाेलीदेखि (साेमवार) विहान ७ बजे देखि ११ बजेसम्म मात्र खाेल्ने, तरकारी बजारहरू भने सम्बन्धि वडा कार्यालयहरूले ताेकी प्रत्येक आईतवार, मंगलवार र विहिवार अर्थात हप्ताकाे ३ दिन मात्र विहान ७ बजेदेखि ११ बजेसम्म मात्र खाेल्न पाउने निर्णय भएकाे गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराएका छन् ।

समुदायस्तरमा काेराेनाकाे प्रकाेप फैलिनसक्ने जाेखिम रहेकाे भन्दै बैठकले माेरङ्ग जिल्लासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकाकाे सिमाना एक हप्ताका लागि शिल गर्ने र झापा जिल्लाका स्थानिय तहहरूबाट हुने अनावश्यक आवगनलाई समेत निरूत्साहित गर्ने निर्णय गरेकाे उपाध्यक्ष थापाले बताएका छन् ।
भारतिय सीमासंग जाेडिएका कतिपय स्थानमा सुरक्षा सम्वेदनशिलतासंगै काेराेना महामारीकाे जाेखिम बढ्न सक्ने भन्दै त्यसकाे राेकथाम र नियन्त्रणका लागि अस्थायी सुरक्षा पाेस्ट गर्न अावश्यक भएमा सुरक्षा निकायसंग समन्वय गरि सहयाेग गर्ने बैठकले निर्णय गरेकाे छ । बैठकमा आपतकालिन कार्य सञ्चालन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधिलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : २९ बजे