८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंज -१ द्वारा कृषकलाई स्प्रे टेंकी, व्यापारीलाई डस्टविन वितरण


२२ श्रावण २०७७, बिहिबार  

0
Shares

20200806_080420

गाैरीगंज २२, साउन / गाैरीगंज गाउँपालिका वार्ड नंं. १ ले कृषकलाई स्प्रे टेंकी वितरण गरेकाे छ । वार्डले खेतवारीमा किटनाशक औषधि र पाेषणयुक्त भिटामिन छिट्न प्रयाेग गरिने स्प्रे टेंकी ४० जना कृषकलाई बुधबार वितरण गरेकाे हाे । वार्ड कार्यालयकाे बजेटबाट १५ लि. क्षमता भएकाे स्प्रे टेंकी वितरण गरेकाे वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन् । त्यसैगरी वार्ड कार्यालयले कुञ्जीवारी बजारका व्यापारीहरूलाई डस्टविन वितरण गरेकाे छ । बजार क्षेत्रलाई सफा, सुन्दर र प्रदुषणरहित बनाउन वार्डले बजार क्षेत्रका ५० जना व्यापारीलाई डस्टबिन गरेकाे हाे । वितरण कार्यक्रममा वार्ड अध्यक्ष कार्तिकलाल राजवंशी , वार्ड सदस्यहरू जानुका गाैतम, टंक श्रेष्ठ, राजभक्त्त सुाुवार, भिम राजवंशी, सुनिता पासवान लगायतकाे सहभागिता थियाे ।
20200806_080430

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : २५ बजे