६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गाैरीगंज – १ का बाढीबाट विस्थापित परिवारलाई राहत वितरण


१८ श्रावण २०७७, आइतबार  

0
Shares

20200802_192140

गौरीगंज १८, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाँथानमा कन्काई नदीमा अाएकाे बाढीबाट पुर्ण विस्थापित भएका २६ परिवारलाई आज राहत वितरण गरिएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले विस्थापित परिवारलाई २० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लि. तेल वितरण गरेकाे हाे ।
वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशीले कन्काई नदिमा आएकाे बाढीबाट पुर्ण विस्थापित भएका हाेकलवाडीका ११ परिवार र कन्काई पुर्व नयाँवस्तीका १५ परिवारलाई राहत वितरण गरिएकाे बताए ।

गत हप्ता कन्काई नदीमा आएकाे बाढीले गर्दा गाैरीगंज -१ रंगियाथान र विश्वाडुब्बा बीच करिब २५० मिटर बाँध भत्केर कृषकहरुको ५० औं विघा धानबाली नष्ट भएको थियाे । बाढीले दर्जनाै घर परिवार विस्थापित भएका थिए । वितरण कार्यमा कार्यापालिका सदस्य भीमप्रसाद राजवंशी, वडा सदस्य राजभत्त सुनुवार, जानुका गाैतम, टंक श्रेष्ठलगायत थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  २ : १६ बजे