८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गौरीगंज –१ को वजेट १ करोड ४० लाख भन्दा बढी


१६ श्रावण २०७७, शुक्रबार  

0
Shares

20200615_200001

गौरीगंज १६, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. १ ले आर्थिक वर्ष ०७७/७८ को लागि १ करोड लाख ४० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोज गरेको छ ।
कार्यालयले कृषि, स्वास्थ्य, संस्कृति प्रवद्र्वन, पूर्वाधार विकास, भवन तथा शहरी विकास, उर्जा लघु तथा साना जलविद्युत, वातावरण तथा विपद् व्यवस्थापनलगायतका शिर्षकमा वजेट विनियोजन गरेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको वजेट पुस्तिकामा वडा कार्यालयको सिलिङ्ग वजेट ८० लाख रुपैयाँ र गाउँपालिका स्तरिय छुट्याएको बजेटसमेत एकमुष्ट जोड्दा वार्ड नं. १ को जम्मा बजेट १ करोड ४० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको हो ।
वार्ड नं. १ ले कृषकहरुको जिवनस्तर उकास्न र आयआर्जनलाई केन्द्रिकृत गरी कृषि कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख छ । वार्ड नं १ को पूर्वाधार विकास अन्तर्गत सडक, पुल तथा झोलेङ्गे पुल, उर्जा, साना जलविद्युत शिर्षकमा ४२ लाख ९० हजार रुपैयाँ बजेट छुट्याएकोले वडा नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । त्यसैगरी संस्कृति प्रबद्र्वनतर्फ ३ लाख , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा ९ लाख रुपैयाँ रकम छुट्टाएको छ भने शिक्षामा ४लाख ५० हजार, स्वास्थ्यमा २ लाख, खेलकुदमा १ लाख संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ३ लाख ६०हजार रुपैयाँ वजेट छुट्टाएको छ ।

ward1

ward2
ward13

त्यसैगरी गाउँपालिका स्तरिय योजना अन्तर्गत वडा नं. १ देवीगाडा रुपचन्दको घरदेखी पुर्व पश्चिम बाटो, देवीगाडा बजार हुदै कालीप्रसाद राजवंशीको घर हुदै कमल बनियानी सम्म सडक १५ लाख, रेडक्रस चोक देखि झोलुङ्गेपुलसम्म सडक निर्माण २ लाख, महाभारा चोकदेखी झोलुङ्गे पुल जाने अधुँरा बाटो र फतरा विनोद राजवंशीको घरदेखी दक्षिण जाने बाटो ५ लाख ५० हजार, पथारुको घरदेखी कैलास मास्केको घर हुँदै जिमदार चोकसम्म सडक निर्माण ५ लाख, मलामी टहरा गृह निर्माण (रंगिया थान), कुञ्जिवारी चोक देखी नेत्र राजवंशीको घरसम्म सडक ५ लाख, रेडक्रसले बनाएको विर्खे बस्तीजाने पुलमा स्लाब ढलान ८ लाख, सिटौला बस्तीको अपुरो बाटो १ लाख ५० हजार, शिवालय मन्दिर निर्माण कुञ्जिवारी ४ लाख, खेल मैदान निर्माण तथा व्यवस्थापन ५ लाख, कुञ्जिवारी चौकमा औलियाजी स्तम्भ निर्माण ५ लाख रुपैयाँ बजेट छुट्याएको वडा अध्यक्ष राजवंशीले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १ : ०० बजे