४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेची सहकारीकाे सेवा केन्द्र मधुमल्लामा स्थापना


१२ श्रावण २०७७, सोमबार  

0
Shares

20200727_210607
दमक १२, साउन / दमकमा संचालित मेची सहकारी सस्थाले चौथो सेवा केन्द्र साविक मधुमल्ला हालको मिक्लाजुङमा स्थापना गरेको छ । सेवा केन्द्रको आज रास्ट्रीय सहकारी बैंकका उपाध्यक्ष रमेश पोखरेलले उदघाट्न गरेका छन् । सो अवसरमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देबी प्रसाद आचार्यले स्थानीय सरकार सहकारी सस्थाहरु सग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

उदघाट्नका अवसरमा सस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराई सहित स्थानीय सहकारीकर्मीहरु, सस्थाका विभिन्न उपसमिति लगायत सहकारीका कर्मचारी तथा शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको सस्थाका ब्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : २७ बजे