१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फर्निचर व्यवसायी महासंघद्वारा पीसीआर परीक्षण प्रयोगशालाका लागि ५१ हजार प्रदान


८ श्रावण २०७७, बिहिबार  

0
Shares

20200723_154349
विर्तामोड ८, साउन /नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ झापाले एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको छैठौं स्थापना दिवसको अवसर पारेर सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ झापाले ५१ हजार रुपैयाँ प्रदान गरेको हो ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रीय सदस्य खगेन्द्र खरेल र नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ झापाका अध्यक्ष चन्द्रप्रसाद गिरीले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी ,सहसंयोजक विनोद बस्नेतलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुन लागेको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा आयोजित कार्यक्रममा उक्त रकम प्रदान गरेका हुन् ।
कार्यक्रममा रकम प्रदान गर्दै उनीहरुले मुलुकमै पहिलो पटक एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुनु झापावासीका लागी गौरवको विषय भएकोले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रकम प्रदान गरेको वताए ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ झापा , विर्तामोड नगर समिति , भद्रपुर नगर समिति , अर्जुनधारा नगर समिति , दमक नगर समिति , गौरादह नगर समिति , शिवसताक्षी नगर समितिका पदाधिकारीहरुवाट रकम संकलन गरेर पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि रकम प्रदान गरेको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ झापाका अध्यक्ष चन्द्रप्रसाद गिरीले वताए ।
कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड २० लाख रुपैयाँ जुटिसकेको जानकारी दिए । उनले समर्पण भवनमा आवश्यक संरचना निर्माण, घेराबारा, वायरिङ, एसीलगायत उपकरण राख्ने टेबल जडान कार्य भइरहेको वताए ।
त्यसैगरी ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पीसीआर परीक्षण गर्ने पीसीआर मेसिन , वायोसफ्टी क्याबिनेट, माइनस ८० डिग्रीका फ्रिज, सेन्ट्रिफुगल, आवश्यक किट तथा अन्य सामग्री समर्पण भवनमा आइसकेको बताए ।
सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशाला साउन १० गतेबाट सञ्चालनमा आउने तयारी भइरहेको र पीसीआर परीक्षण प्रयोगशाला प्रदेश सरकारको मातहतमा रहने उनले वताए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  १० : ०३ बजे