५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजकाे सीमाक्षेत्रमा भारतीय अज्ञात समुहद्वारा प्रहरीमाथि आक्रमण


४ श्रावण २०७७, आइतबार  

0
Shares

20200719_123704
गाैरीगंज ४, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित डाँगीटाेलाकाे सीमाक्षेत्रमा भारतीय अज्ञात समुहले शस्त्रप्रहरीमाथि आक्रमण गरेकाे छ ।

नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि गएराति लगभग ४०/५० जनाकाे भारतीय समुहले घरेलु हातहतियारसहित करिव ९.१५ बजे अाक्रमण गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ डाँगीटाेला स्थित पिलर नं. १५२ काे करिब ३ सय मिटर पुर्वमा रहेकाे अस्थायी शस्त्र प्रहरी पाेष्टमाथि आक्रमण गरेकाे थियाे ।
भाला, खुकुरी, रड, दाउलगायतकाे घरेलु हातहतियारसहित अाएका भारतीयहरूले त्यहाँ स्थापना गरिएकाे सशस्त्रको अस्थायी पाेस्टमाथि अाक्रमण गरेपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेकाे सीमा सशस्त्र प्रहरी बल गाैरीगंजका प्रहरी निरीक्षक साईमण श्रेष्ठले बताए ।

झडपका क्रममा दुइ जना शस्त्र प्रहरी जवान सामान्य घाइते भएको छ । शरीरमा चाेटपटक लागेकाे र शरिरमा नीलडाम समेत रहेकाे बताईएकाे छ ।
हवाइ फायर पछी तितरबितर भएका भारतीयहरु भारततर्फ नै भागेको प्रहरीले जनाएकाे छ । भारतीय तस्करहरूले नेपालतर्फ मालसमान लान नपाएकाे झाेकमा प्रहरीमाथि अाक्रमण गरेकाे बताईएकाे छ । लामाेसमयसम्म लडडाउनका कारण सिमाक्षेत्रमा शस्त्र प्रहरीले कडारूपमा गस्ती गरेपछि उनीहरूले मालसमान नेपालतर्फ ल्याउन पाएका छैनन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ५७ बजे