१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा आज थप ३ जनामा काेराेना संक्रमण भएकाे पुष्टि


२९ असार २०७७, सोमबार  

0
Shares

20200409_211800
गाैरीगंज २९, असार / झापाकाे गारीगंज गाउँपालिकामा ३ जनामा अाज थप काेराेना संक्रमण पुष्टि भएकाे छ ।
याे संगै गाैरीगंजमा २२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने जसमध्ये १८ जना काेराेना संक्रमणकाे उपचारपछि स्वास्थ्यलाभ लिई घर फर्किसकेका छन् ।
विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा ३४ जना मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका १९ र साेहि स्थानमा घर भएका २१ बर्षिय तथा वार्ड नं. ५ घर भएका २२ बर्षिय पुरूषहरूमा काराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ ।
भारतकाे हरियाना, महाराष्ट्रबाट अाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रकाे नव निर्मित भवनकाे क्वारेन्टाइनमा रहेका मध्ये ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाैरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : ०९ बजे