५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरादहका १०१ जनाकै रिपोर्ट नेगेटिभ


२६ असार २०७७, शुक्रबार  

0
Shares

20200528_210918
गाैरादह २६, असार / संक्रमण पुष्टी भएकी एक वृद्ध महिलाको परिवार सहित सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण नेगेटिभ आएको छ । गौरादह नगरपालिका-१ को नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीय संक्रमित वृद्ध महिलाको परिवारका सदस्य, छिमेकी र सम्पर्कमा आएका व्यापारीहरु गरि १ सय १ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

उपचारका लागि असार १८ गते काठ्माडौं गएको बेला पाटन हस्पिटलमा पीसीआर परीक्षण गर्दा असार २२ गते ति वृद्ध महिलामा कोरोना पोजेटिभ पुष्टी भएको थियो ।
ति वृद्ध महिलाको कन्टयाक्ट ट्रेसीङका आधारमा मंगलबार गौरादह नगरपालिका र दमक अस्पतालबाट आएका चिकित्ससहितको टोलीले १ सय १ जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये वडा नं. १, २ र ३ का १ सय १ जनाको थ्रोट र नोजल स्वाब संंकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएकोे गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

स्वाब संकलन गरिएका मध्ये ६० पुरुष र ४१ महिला रहेका छन् । जसमा ४ महिनाको बालक देखि ६९ वर्षीय उमेर समूहका पुरुष रहेका छन् भने, ६ वर्ष की बालिका देखि ५२ वर्षीय उमेर समूहका महिलाहरुको समूह रहेका छन् । गौरादह नगरपालिका १ को नवदुर्गा पेट्रोल पम्म नजिक घर भएकी ६७ वर्षीय वृद्ध महिलामा संक्रमण पुष्टी भएपछि समुदायमा कोरोना फैलन सक्ने त्रासले संक्रमित का सम्पर्कमा आएका आफन्त, छिमेकी लगायतको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ५२ बजे