८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

कोरोवारीको सामुदायिक भवन निर्माणमा चरम लापरवाही, बेस बिम बिनै पर्खाल निर्माण


१९ असार २०७७, शुक्रबार  

0
Shares

fst

आत्माराम राजवंशी

गौरीगंज १९, असार / गौरीगंज गाउँपालिका वार्ड नं. २ को कोरोवारी सामुदायिक भवन निर्माणमा चरम लापरवाही गरेको पाइएको छ ।
प्राविधिक इस्टिमेट बमोजिम भवन निर्माण नहुँदा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको हो । प्रदेश नं.१ को प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तरर्गत रु २० लाख रुपैयाँमा उक्त भवन निर्माण हुन लागेको हो  ।
उक्त सामुदायिक भवनको इस्टिमेटमा वेस बिम निर्माण गर्नुपर्ने उल्लेख भए पनि ठेकेदार कम्पनी रितिक कन्ट्रक्सन गौरादहले मनोमानी ढंगबाट रातोरात भवन निर्माण गर्न लागेको हो । ठेकेदार कम्पनीले वेस विम र टाई बिम बिनै भवनको उत्तर पट्टिको पर्खाल निर्माण गरेको छ ।
यही जेठ १३ गते प्रदेश सांसद झलकसिंह दर्लामीले शिलान्यास गरेको उक्त भवनको बेस विम विनै भवनको पर्खाल निर्माण गरेको थाहा पाएपछि उपभोक्ता समिति र स्थानियले निर्माण कार्य अघि नबढाउन चेतावनी दिएका थिए । तर शुक्रवार कसैलाई पत्तै नदिई (उपभोक्ता समितिलाई) समेत ठेकेदार कम्पनिले उक्त निर्माण गरिएको कमजोर पर्खाललाई नै निरन्तर अघि बढाएको छ ।

123

गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा सदस्य नेत्र राजवंशीले प्राविधि इस्टिमेट बमोजिम भवन निर्माण नभएको बताए । स्थानिय र उपभोक्ता समितिले कमिकमजोरीलाई सुधार नगरी निर्माण कार्य अघि नबढाउन भनेपनि एकाएक कसैलाई पत्तै नदिई ठेकेदारले निर्माण कार्य बढाएको वडा सदस्य राजवंशीले बताए । ‘बेस बिम बिना पर्खाल निर्माण भएको छ र कमसल इट्टा प्रयोग भएको वडा सदस्य तथा जग्गा दाता समेत रहेका राजवंशी भन्छन् – भवनको पिल्लरको गहिराई पनि इस्टिमेट बमोजिम छैन्, कुनै पिल्लरको गहिराई २ फिट त कुनैको ३ फिट मात्रै छ ।’

‘बेस बिम र टाई बिम बिना पर्खाल निर्माण भएको छ र कमसल इट्टा प्रयोग भएको वडा सदस्य तथा जग्गा दाता समेत रहेका राजवंशी भन्छन् – भवनको पिल्लरको गहिराई पनि इस्टिमेट बमोजिम छैन्, कुनै पिल्लरको गहिराई २ फिट त कुनैको ३ फिट मात्रै छ ।’

सामुदायिक भवन निर्माणका लागि स्थानिय वडा सदस्य नेत्र राजवंशी र उनकी भाउजु काजली राजवंशीले २÷२ कठ्ठा गरी जम्मा ४ कठ्ठा जग्गा निशुल्कमा दान दिएका हुन् । प्रदेश सरकारले उपभोक्ता समिति मार्फत विनियोजित रकमबाट उक्त जग्गामा ६४ फिट लम्बाई र ३२ फिट चौडाईमा झ्यालसहित पर्खालसम्म सामुदायिक भवन निर्माण गर्न लागेको हो ।
1
ab
3 (2)

सामुदायिक भवन उपभोक्ता समितिका अध्यक्ष कल्याणी राजवंशीले भवन निर्माणका लागि ठेकेदार कम्पनि रितिक कन्ट्रक्सन गौरादहलाई जिम्मा दिए पनि ठेकेदारले आफुखुशी निर्माण गरेको आरोप लगाइन । प्राविधिक इस्टिमेट बमोजिम निर्माण गर्न भने पनि ठेकेदारले समितिलाई कुनै जानकारी नै नगराई आफुखुशी काम गरेको अध्यक्ष राजवंशीले बताइन् ।

रितिका कन्ट्रक्सन गौरादहका प्रोपाइटर युवराज पौडेलले भवन निर्माणमा कमि कमजोरी भएको स्वीकार गरेका छन् । कमजोर संरचना निर्माण गर्ने आफ्नो नियत नभएको बताउदै प्रोपाइटर पौडेलले निर्माण भएको पर्खाल भत्काएर पुनः निर्माण गर्ने बताए ।

रितिका कन्ट्रक्सन गौरादहका प्रोपाइटर युवराज पौडेलले भवन निर्माणमा कमि कमजोरी भएको स्वीकार गरेका छन् । कमजोर संरचना निर्माण गर्ने आफ्नो नियत नभएको बताउदै प्रोपाइटर पौडेलले निर्माण भएको पर्खाल भत्काएर पुनः निर्माण गर्ने बताए ।

गौरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा गाउँपालिका स्तरिय अनुगमन समितिका संयोजक दिपिन्द्र थापाले भवनको वेस निमार्ण कार्य भएको हुदाँ कमजोर संरचना आफुलाई स्वीकार्य नहुने बताए । ‘प्राविधिक इस्टिमेट अनुसार नै ठेकेदारले भवन बनाउनु पर्छ अनुगमन समितिका संयोजक थापा भन्छन्– ठेकेदार कम्पनिले गरेको कामको मुल्यांक अनुसार मात्र भुत्तानी पाउँछ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ५२ बजे