८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

विराेध र्यालीसहित जनता समाजवादी पार्टी झापाले बुझायाे ज्ञापनपत्र


१६ असार २०७७, मंगलबार  

0
Shares

20200630_193625
दमक १६, असार / देशैभर नागरिकता बिधेयकको बिरोध गरिरहेकाे जनता समाजवादी पार्टीको केन्द्रिय कार्यक्रम अनुसार जनता समाजवादी पार्टी झापाले जिल्ला प्रशासन कार्यालय झापामा आज ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला कमिटी झापाको आयोजनामा  ऐन संसाेधन बिधेयक र सरकारकाे बेथितिकाे बिराेध गर्दै भद्रपुर स्थित जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
दिउँसो १२ः३० बजे जिल्लामा क्रियाशिल साबिकका दुवै पार्टीका  केन्द्र ,प्रदेश , जिल्ला र स्थानीय नेता तथा कार्यकर्ताहरु भद्रपुर स्थित ट्रेड युनियन चोकमा भेला भएर बिरोध र्याली सहित जिल्ला  प्रशासन कार्यालय पुगेर ज्ञापन  पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाइसकेपछि  आयोजित कोणसभामा पार्टीका केन्द्रीय नेताहरू बिश्वानाथ राजवंशी, प्रविण चाम्लिङ,भक्त खेवाङ, त्रिनारायण राजवंशी, जिल्ला अध्यक्ष दिपेन बाला राईले बाेलेका थिए ।
कोणसभा लाइ सम्बोधन गर्दै राज्यले नागरिकहरुलाई कुनैपनि बहानामा नागरिकता बिहिन बनाउन नहुने बताउदै यो बिभेदकारी नागरिकता बिधेयक तुरुन्त फिर्तागर्न आग्रह गरे ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १ : ५८ बजे