८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

पत्रकार घिमिरेलाई पितृशाेक


१२ असार २०७७, शुक्रबार  

0
Shares

20200626_111654

गाैरादह १२, असार / नेपाल पत्रकार महासंघ झापाका सदस्य डण्डिराज घिमिरेलाई पितृशोक परेको छ ।
उनकाे बुबा तारानाथ घिमिरेको ७३ बर्षकाे उमेरमा आज बिहान ७.५५ बजे आफ्नै निजि निवास गाैरादह नगरपालिका वार्ड नं. ४, मजुवामा निधन भएको हो ।
पेटमा ट्युमर सम्बन्धि राेगले पिडित भएका मृतक घिमिरे एक वर्ष अघि ट्युमरकाे अप्रेसन गरि घरमै स्वास्थ्यलाभ लिईरहेका थिए ।
ओखलढुंगाकाे चिशंखुपाेखरीमा वि.सं. २००४ साल साउन १२ गते जन्मनु भएका सामाजिक तथा धार्मिक व्यक्तित्वका धनी घिमिरे सरस्वती घिमिरेसंग
वैवाहिक बन्धनमा बाँधिनु भएकाे थियाे ।
उनका २ छाेरा बुहारीहरू डण्डीराज – सरिता , युवराज – गाेमा र छाेरीहरू गंगा खतिवडा, शान्ता खतिवडा, कविता खतिवडासहित ५ नाति र ३ नातिनी छन् ।

उनकाे पार्थिक शरिरलाई आज दिउँसाे १२ बजे झापा गाैरादह नगरपालिका वार्ड नं. ७ स्थित फकिढिप गेउरिया घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
मृतक घिमिरेका जेठा छाेरा डण्डीराज घिमिरे समरूप मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन विचारका सञ्चालक तथा सम्पादक हुन् । पछिल्लाे समय नेकपाकाे जिल्ला सदस्यसमेत रहेका पत्रकार घिमिरे हाल उनी गाैरादह नगरपालिका वार्ड नं. १ स्थित जनता माध्यमिक विद्यालयमा अध्यापन गर्दैछन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ५ : ३५ बजे