१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लागुऔषध ब्राउसुगरसहित एक व्यक्ति गाैरीगंजबाट पक्राउ


२३ माघ २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज २३, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ३ पानीटंकीमा हिजाे वेलुका लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।
गाैरादह नगरपालिका वार्ड नं. २ वर्ष २५ का मन्दिस अधिकारी ५ सय मिलीग्राम ब्राउन सुगरसहित पक्राउ पक्राउ परेका हुन् । विशेष सूचनाकाे आधारमा गाैरीगंजबाट गाैरादह तर्फ गईरहेकाे अवस्थामा हिजाे विहिवार वेलुका करिब ४ बजे चेकजाँच गर्ने क्रममा गाैरीगंज प्रहरीले पक्राउ गरेकाे हाे । उनकाे अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी गराएका छन् ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : ३७ बजे