६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

अन्तर्राष्ट्रिय झापाली समाज अष्ट्रेलियाद्वारा ७० विपन्न परिवारलाई राहत वितरण


१० असार २०७७, बुधबार  

0
Shares

FB_IMG_1592959312600

बनियानी १०, असार /

झापाली समाज अष्ट्रेलियाले लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेकाे छ । सोमवार झापा जिल्लाको दक्षिणमा रहेकाे कचनकवल गाउँपालिकाकाे वार्ड नं. ६ वनियानीका ७० परिवारलाई राहत स्वरुप समाजले खाद्यान्न सामाग्री वितरण गरेको हाे ।

कचनकवल ६ वनियानी वार्ड कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा सहयोग सामग्री ग्रहण गर्दै वार्ड अध्यक्ष कुल वहादुर कार्कीले आफ्नो मातृभूमिलाई यो संकटको घडीमा सहयोग प्रदान गर्ने विदेशका वस्ने झापालीहरुले जिल्लावासी लाई गरेको सहयोग अतुलनिय एवं अनुकरणीय रहेको बताए। ।
उनले अनेक दुःख गरेर कमाएको पैसा समाजका निम्ति पठाएर झापाली समाजले ठूलो गुण लगाएको भन्दै धन्यवाद दिए । समाजका अध्यक्ष उमेश पोखरेलले फोनमार्फत झापाली समाज आवश्यक सहयोग गर्न सधै तत्पर रहेको बताए । उनले निरन्तर सहयोगको यो एक अंश भएको धारणा राखे । कार्यक्रममा वार्ड अध्यक्ष कुल वहादुर कार्की, वार्ड सदस्य टेनेस राजवंशी, महिला सदस्य रिता परियार तथा समाज सेवी कर्णलाल राजवंशी समेतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन झापाली समाजका सल्लाहकार कर्ण राजवंशीले गरेका थिए।

बाढी होस् अथवा भुकम्प हरेक विपदमा झापाली समाजले प्रत्यक्षरूपमै जिल्लावासीहरुलाई सहयोग गर्दै आएको छ । समाजले ‘एकका लागि एक’ अभियानअन्तरगत २ हप्ता अघि पिसिआर परीक्षणका लागि १ लाख वरावरको सामग्री प्रदान गरेको थियो ।
कचनकवल गाउँपालिका— ६ मा रहेका ७० विपन्न परिवारको लागि ७२ हजार रुपैयाँ वरावरको खाद्य सामग्री वितरण गर्नुका साथै मेचीनगर नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई पनि केही दिनभित्रै आवश्यक सहयोग गर्ने योजना रहेको समाजका उपाध्यक्ष अशोक ओलीले बताए। बिर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा रहेका विपन्न परिवारलाई पनि राहत वितरण गर्ने झापाली समाजले घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेको पिसिआर मेसिन प्रदान गर्ने अभियानलाई पनि आफ्नो तर्फबाट उल्लेखनीय सहयोग गर्ने समाजका सचिव अशोक उप्रेतीले जानकारी दिए। यो सहयोग अभियान लगायत हालसम्म आवश्यक परेका बेला जहिले पनि साथ दिई सहयोग प्रदान गर्ने सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई समाजको तर्फबाट कोषाध्यक्ष नविन थपलियाले धन्यवाद दिएका छन् ।
झापाली समाज अष्ट्रेलिया विभिन्न व्यवसाय, रोजगार एवं अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था हो।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : ५१ बजे