८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

आज देखी दमकमा पनि श्रीमान श्रीमती समेत एउटै मोटरसाईकलमा चढ्न नपाईने


१ असार २०७७, सोमबार  

0
Shares

20200615_071624
दमक १, असार /
श्रीमान श्रीमती समेत एउटै मोटरसाईकलमा हिँड्न नपाउने अब्यबहारीक लकडाउको नयाँ मोडालिटि अब दमकमा पनि कार्यान्वयन हुने भएको छ । दमक नगरपालिकाले हिँजो एक सार्वजनिक सुचना जारी गर्दै सरकारले सार्वजनिक गरेको लकडाउनको नयाँ मोडालिटी अनुसारको सवारी साधनमा जोर विजोर प्रणाली र मोटरसाईकल वा साईकलमा एक जना मात्रै यात्रा गर्नु पर्ने नियम दमकमा पनि लागु हुने जनाएको छ ।
गत बुधबार बसेको मन्त्री परिषद बैठकले लकडाउनलाई खुकुलो बनाउँदै नयाँ मोडालिटि अनुसार जन जिवन सामान्य बनाउँदै लैजाने निर्णय गरेको थियो । जस अनुसार अब दमकमा पनि नीजि सवारी साधनमा जोर बिजोर प्रणाली र मोटरसाइकल तथा साइकलमा एकजनाभन्दा बढि चढ्न नपाइने भन्दै नगरपालीकाले सुचना निकालेको छ । आजबाट दमकमा पनि जोर गतेका दिन जोर नम्बरका सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बरका सवारी साधन सन्चालन हुने छन् । जस अनुसार आज १ गते बिजोर दिन भएकाले बिजोर नम्बरका सवारी साधन मात्रै सञ्चालन हुन पाउने छन् । मोटरसाईकलको हकमा भने जोर बिजोर नम्बर लागु हुने वा नहुने केहि खुलाईएको छैन ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १ : ३४ बजे