
गाैरीगंज ३२, जेठ / गाैरीगंजका स्थानिय युवाहरूले सरकारकाे विरूद्वमा स्वस्फूर्त आज प्रदर्शनमा उत्रिएका छन् ।
युवा शक्ति गाैरीगंजकाे अगुवाईमा करिब ३५/४० जनाकाे समुहले गाैरीगंज चाैकमा मेराे सरकार आफ्नाे दायित्व पूरा गर, पैसा नपचाउ बरू ज्यान बचाउ, काेराेना जित्नु कि क्वारेन्टाइन ?, प्रधानमन्त्री हाेसमा आउ, १०० रूपैयाँमा पिसीआर टेष्ट गराउलगायत लेखिएका प्लेकार्ड सहित विराेध प्रदर्शन गरेका थिए । युवा शक्ति गाैरीगंजका अध्यक्ष पुष्प बहादुर कार्की, विशाल खतिवडा, प्रविन दास, सराेज श्रेष्ठ, विशाल दास, अनमाेल रिजाललगायतका युवाहरूकाे अगुवाईमा सरकार विरूद्व प्रदर्शनमा उत्रिएका थिए ।
















