५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

राजतन्त्रलेे गुमाएकाे भूमी गणतन्त्रले फिर्ता ल्याए : प्रचण्ड


३१ जेष्ठ २०७७, शनिबार  

0
Shares

20200613_163614

 

काठमाडौं ३१, जेठ/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्याएको बताउनुभयो । लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको नक्सालाई निशान छापमा समेटि संशोधन गर्ने प्रस्तावको पक्षमा प्रतिनिधि सभाको वैठकमा बोल्दै सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको छ ।
राष्ट्रिय महत्वका विषयहरुमा पार्टीहरुले सहमती र सहकार्यबाट राष्ट्रलाई निकास दिने नयाँ संस्कृति विकास गरेको बताउनुभयो । प्रचण्डले शान्ति प्रक्रिया, संविधान निर्माण र प्राकृतिक विपदहरुको सामना गर्ने सन्दर्भमा पार्टीहरुबीच एकता र राष्ट्रिय जिम्मेवारी पूरा गरेको बताउनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ११ : ०२ बजे