८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा थप ३ जनामा काेराेना संक्रमण भएकाे पुष्टि


३१ जेष्ठ २०७७, शनिबार  

0
Shares

20200528_210918

गाैरीगंज ३१, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा ३ जनामा आज थप काेराेना संक्रमण पुष्टि भएकाे छ ।
याे संगै गाैरीगंजमा १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने जसमध्ये ३ जना काेराेना संक्रमणकाे उपचारपछि स्वास्थ्यलाभ लिई घर फर्किसकेका छन् ।
विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा ४१ जना मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा घर भएका १७, २४, र २६ बर्षिय पुरूषहरूमा काराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ ।
भारतकाे लुधियानाबाट आई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे खजुरगाछी माविकाे क्वारेन्टाइनमा रहेका मध्ये ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाैरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । गाैरीगंज आईपुगेका उनीहरूसहित ६६ जनाकाे जेठ २८ गते थ्राेट र नाेजल स्वावकाे नमुना संकलन गरी परिक्षणका लागि विराटनगर पठाईएकाे थियाे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १० : ०५ बजे