२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गाैरीगंज ३ का सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समिति गठन


३० जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200612_183928
गाैरीगंज ३०, जेठ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेका सामुदायिक विद्यालयहरूमा तदर्थ विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे संयाेजकत्वमा गाैरीगंज प्रावि गाैरीगंज, गाैरी प्रावि ठेकिटाेला र गाैरीगंज माविमा तदर्थ विद्यालय व्यवस्थापन समिति गठन भएकाे हाे ।

गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा बसेकाे बैठकले म्याद सकिएका विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयकाे दैनिक कामकाजमा असहज परिस्थिति उत्पन्न भएपछि शिक्षा समितिले
संयाेजकमा सम्वन्धित वार्डका अध्यक्ष रहने, सम्वन्धित वार्ड कै वडा सदस्यहरूमध्ये एक जना सदस्य, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा सदस्यहरू मध्येबाट एक जना , सम्वन्धित विद्यालयका शिक्षकहरू मध्येबाट एक जना शिक्षक प्रतिनिधि र सम्बन्धित विद्यालयका प्रअ सदस्य सचिव रहने निर्णय बमाेजिम उत्त विद्यालयहरूमा तदर्थ व्यवस्थापन समिति गठन भएकाे हाे ।

गाैरीगंज प्राविकाे व्यवस्थापन समितिकाे सदस्यहरूमा भवेस दास, राजेन्द्र भण्डारी, बाङ्गाे गिरी र सदस्य सचिवमा माेतीलाल ताजपुरिया रहेका छन् ।
त्यसैगरी गाैरी प्रावि ठेकिटाेलाकाे व्यवस्थापन समितिकाे सदस्यहरूमा साेमनी देवी पासवान, मनिका राई, बाल कृष्ण भण्डारी र सदस्य सचिवमा महेन्द्र बहादुर न्यापाने रहेका छन् भने गाैरीगंज माविमा सदस्यमा हेमा आचार्य, कर्मा शेर्पा, तेजनारायण ताजपुरिया र सदस्य सचिवमा गाेविन्द घिमिरे रहेका छन् ।

शिक्षा समितिले काेराेनाकाे फैलिदाे संक्रमणका कारण विद्यालय बन्द रहेकाे हुनाले म्याद सकिएका विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकिएकाे बताउदै विद्यालयहरूमा वार्ड अध्यक्षकाे संयाेजकत्वमा तर्दथ समिति १५ दिन भित्र गठन गर्न भनेकाे थियाे ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १२ : ५७ बजे