११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नेपालकाे नयाँ नक्शा नेपाल प्रवेशकाे पुर्वीद्वार काँकडभिट्टामा राखियाे


२९ जेष्ठ २०७७, बिहिबार  

0
Shares

20200611_101011

काँकडभिट्टा २८, जेठ/ नेपाल सरकारले भरखरै सार्वजनिक गरेकाे नेपालकाे नक्शा विहीवार नेपाल प्रवेशकाे पुर्वीद्वारमा राखिएकाे छ ।

नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनकाे संयाेजनमा भएकाे कार्यक्रममा १ नम्वर प्रदेश सभा सदस्यद्वय गाेपालचन्द्र बुढाथाेकी र श्रीप्रसाद मैनालीले १० फुट लम्वाई तथा ५ फुट चाैडाईकाे हाेडिङ्गबाेर्डमा बनाईएकाे नयाँ नेपालकाे नक्शाकाे विधिवत उद्घाटन गर्नुभएकाे थियाे ।

नयाँ नक्शामा भारतले अतिक्रमण गरेकाे नेपाली भूमि कालापानी,लिपुलेक लिम्पियाधुरासमेत समेटिएकाे छ ।

नयाँ नक्शा सार्वजिक कार्यक्रममा बाेल्दै प्रदेशसभा सदस्य बुढाथाेकीले भारतलेमात्र नभई विश्वका कुनै पनि देशले नेपाली भूमि अतिक्रमण गरे अाम देशवासीलाई सह्य नहुने भन्दै त्यसका विरूद्ध जस्ताे सुकै अान्दलाेन गर्न तयार हुने चेतावनी दिनुभयाे ।

प्रदेश सभा सदस्य बुडाथाेकीले राजनीतिक अास्था र विचारका अाधार फरक मत भएपनि राष्ट्रियताका सवालमा सम्पुर्ण देशवासी एक ठाउँमा उभिने बताउनुभयाे । देशकाे सीमा रक्षाका लागि हरेक नेपाली रातदिन सक्रिय रहने भन्दै वर्तमान अाेली नेतृत्वकाे सरकारले भारतले अतिक्रमण गरेकाे जग्गा समेत समेटेर नयाँ नेपालकाे नक्शा सार्वजनिक गरेकाेमा सरकारकाे प्रशंसा गर्नुभयाे ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पाेखरेल उप्रेती, नेकपा झापा जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरे, मेचीनगर अध्यक्ष माधवलाल अर्याल, राष्ट्रिय युवा संघका कुमार आचार्य, युवा नेताहरू विनाेद मण्डल, दीपक थापा, अखिलका झापा सहसंयाेजक दुर्गा धमलालगायतकाे कार्यक्रममा उपस्थिति थियाे ।

अखिलका मेचीनगर अध्यक्ष सन्ताेष धमलाले सञ्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षता राष्ट्रिय युवा संघ नेपालका मेचीनगर अध्यक्ष सराेज मेहराले गर्नुभएकाे थियाे ।
झापा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष शंकर थापालगायत नेकपा, विद्यार्थीलगायत युवा संघका विभिन्न नेतागणकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : ३६ बजे